Saturday October 01, 2022

नवीन,स्वीकृति र आशाको "हरहर बासना अगरबत्तिको" सार्बजनिक

२ भाद्र, २०७९ शीतलपाटीन्युज डटकम। 1235


नवीन,स्वीकृति र आशाको "हरहर बासना अगरबत्तिको" सार्बजनिक

शीतलपाटीन्युज डटकम।

काठमाण्डौ। गीत सँगितको माध्यमबाट देशको कला संस्कृति एबम पर्यटनलाई उजागर गर्नमा तल्लिन लोकप्रीय गायक नवीन पौडेलले पछिल्लो समय तिजको अबसरमा अर्को एउटा साँगितिक कोशेली पस्किएका छन। नवीन, स्वीकृति एबम आशाको प्रस्तुती स्वरुप बजारमा उपलब्ध गराइएको गीत "हरहर बासना अगरबत्तिको" निक्कै उत्कृष्ट बनेको छ। 

पढाइ सिकाइ मात्रै होइन अतिरिक्त कृयाकलापमा पनि अग्रणी शैक्षिक सस्था रुपन्देहिको देबदह नगरपालिका स्थित देबदह बोर्डिङ हाइ स्कुलको कक्षा आठमा अध्यनरत छात्रा स्वीकृति पौडेलको जिबन्त अभिनय एबम आशा बिसि र नवीन पौडेलले स्वर दिएको गीत "हर हर बासना अगरबत्तिको कस्ले माया गर्छ तिम्लाइ मैले जत्तिको" सार्बजनिक भए सङ्गै चर्चा बटुलिरहेको छ।

आशा बिसि युट्युब च्यानल मार्फत सार्बजनिक भएको म्युजिक भिडियो मा नवीन पौडेल र आशा बिसिको कलात्मक स्वर सुन्न सकिन्छ। गीतको म्युजिक एरेन्ज कृष्ण केसिले गरेका छन। बिष्णु भट्टराईले निर्देशन गरेको म्युजिक भिडियोको लय सँकलन रबि कार्किले गरेका छन। 

सामाजिक सन्जाल फेसबुक टिकटकमा निक्कै नै रुचाइएको गीत सबैको मन मुटुमा बसेको कुरा एस गीतका गायक गायिका नवीन पौडेल र आशा बिसिले बताएका छन।

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?