Monday November 28, 2022

सयपत्री साझ २०१८ भब्य आयोजना हुदै

१२ भाद्र, २०७५ शीतलपाटीन्युज डटकम। 2835



शीतलपाटीन्युज डटकम।

वकिड्ग,लण्डन । कला, संस्कृति र प्रयासले समाज सांस्कृतीक हुन्छ । यही कलाको सीमा र योग्यता भीत्र रहेर सयपत्री नेपाली सांस्कृतिक समुहले सांस्कृतिक साझ २०१८ को आयोजना गर्न गैरहेको छ। बेलायतमा खुलेका सांस्कृतीक समुह मध्य सयपत्री समुह बेलायतको कला क्षेत्रमा पहिलो नै भन्दा फरक छैन । सपन इन्टरटेनमेन्ट, भेटघाट दोहोरी, नीरमाया दोहोरी, डाफे दोहोरी प्लमस्टेड , गोरखा दोहोरी रीडीड्ग हुदै एम्पायर, गोल्डेनसीप र प्यालेस अल्डरसटमा दोहोरी एवम डान्स चलेको भयपनि कलाकार उत्पादन र बेलायतमा स्थायी कलाकारको पुर्ती गराई सांस्कृतिक सम्पदा दिगो राख्न वकिड्गको सयपत्री सांस्कृतिक समुह क्लव सदा तत्पर छ। एनआरएन होस वा अरु कुनै संस्थामा कार्यक्रम भयमा सयपत्री समुहले प्रस्तुत गरेको कार्यक्रम  प्रमुख रहेको देखीन्छ। त्यती मात्र नभयर सयपत्री समुहले नेपालबाट पनि कलाकार ल्यायर लण्डनमा कलाकारको माग पुरा गरेको छ। सयपत्री सांसकृतिक समूहका अध्यक्ष डम्बर सीहले सांस्कृतिक साझ भब्य हुने बताउनु भयको छ।

यस्तै एउटा कलाकार आफ्नो बार्षीक कार्यक्रममा  -

 

मन बिनको धन ठुलोकी धन बिनाको मन .............

 

रूपै मोहनी नारान रूपै मोहनी ..............

 

नेपालबाट राष्ट्रीय कलाकार टंक बुढाथोकि आऊदै हुनुहुन्छ । साथमा स्थानिय कलाकार गायक मनसुधन थापा र सयपत्री नेपाली  साँस्कृतिक समुहका उत्कृष्ट कलाकारहरूको  बेजोड़ प्रस्तुति   हुदैछ । सँस्थाले  नेपाली  कला र सँस्कृतिको  बिदेसी  भुमिमा संरक्षण,सम्बर्धन गर्दै  बिभिन्न  मनोरन्जनात्मक कार्यक्रम  गर्दै  नेपाल तथा बेलायतमा  बिबिध सामाजिक  हितका कार्यहरु गर्दै आएको कुरा  सर्वबिदितै छ।आज सम्मको साथ र  सहयोगले अझै मजबुत बन्दै सयपत्रीलाई अगाडि   बढ्न प्रेरणा  मिलोस ।  

८ सेप्टेम्बर २०१८  को ”सयपत्री  साँझ २०१८” मा बेलायतवासी नेपाली जम्मा भै हौसला प्रदान गरौ ।

 

कार्यक्रम स्थान :

दThe place ,Aldershot 

Date: 8 September 2018 saturday 

Entry Fees: £15 including Food .



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?