Saturday October 01, 2022

प्रेषमीटद्वारा नेपाली चलचित्र कैदीको पत्रको ट्रेलर सार्वजनिक

३ भाद्र, २०७९ शीतलपाटीन्युज डटकम। 1321


प्रेषमीटद्वारा नेपाली चलचित्र कैदीको पत्रको ट्रेलर सार्वजनिक

शीतलपाटीन्युज डटकम।

लण्डन। सामाजिक यथार्थवादी कथामा आधारित इन्टरनेशनल नेपाली चलचित्र कैदीको पत्रको ट्रेलर प्रेषमीट मार्फत विश्वव्यापी सार्वजनिक भएको समाचार छ। बेलायतमा निर्मित सनम कुमार बैरागव्दारा निर्देशित चलचित्र कैदीको पत्रको ट्रेलर देखाउदै प्रेषमीट गर्दै सार्वजविक गरिएको हो।

चलचित्र कैदीको–पत्र बेलायतमा नै आफ्नो जीवन समर्पित गरेका नेपाली साहित्यकार स्वर्गिय ईश्वर मानन्धरको कथा संग्रह कैदीको–पत्रमा आधारित यो चलचित्रको संपूर्ण छायाँकन बेलायतको स्कटल्याण्डमा संपन्न भएको हो। ४० दिनमा छायाँकन संपन्न भएको यस चलचित्रमा बेलायतमा नै रहेका नेपाली तथा विदेशी कलाकारहरुले अभिनय गरेको कुरा निर्देशक सनम कुमार बैरागले दिदै प्रेषमीटमा कलाकारहरु पनि उपस्थित भै परिचय दिदै छायाड्कन बारे आआफ्नो अनुभव सुनाएका थिए।

चलचित्र कैदीको–पत्रमा ३५ प्रतिशतभन्दा बढी अंग्रेजी भाषा रहेको र युवा पुस्ताको बर्तमान फिल्मी चासोलाई मध्यनजर राख्दै चलचित्रको कथावस्तुअनुरुप अंग्रेजी भाषालाई पनि प्राथमिकता दिएको निर्देशक बैरागले बताउनु भयको छ। नायक विक्रम दि जोशी, कैलाश विश्वकर्मा, दिल घले,नानीहेरा बैराग र हिराल जोशीको निर्माण रहेको यो फिल्ममा निर्देशक बैरागकै गीत,पटकथा तथा संवाद रहेको छ। यस चलचित्रमा बेलायतका पूर्व नेपाली राजदूत डा.दुर्गावहादुर सुवेदीको समेत अभिनय रहेको छ।

म्याडिसन लाजारस,कुनाल विश्व,सलिना थापा मगर,पृथ्वी राज क्षेत्री, किरण कार्की,क्यारी डुड्स,सुबर्ण थापा,चरण प्रधान,मनिष कुमार श्रेष्ठ,सुस्मिता थापा लगायतका कलाकारहरुको विशेष अभिनय रहेको यो फिल्म ४ वटा डान्स पनि रहेको जनाईएको छ।

युकेको स्कटलैण्डमा १२ सेप्टेम्बरवाट कैदीको पत्र सार्वजनिक प्रदर्शन हुने भएको छ। त्यस्तै, नेपालभर आगामी नोभेम्बर महिनावाट हुने र लण्डनको १० वटा शहरमा मार्च २०२३ बाट प्रदर्शन हुने भएको जानकारी पनि निर्देशक बैरागले दिएका छन।

साथै साहित्यकार एवम कथाकार स्व इश्वर मानन्धरको श्रीमती जानकी मानन्धरलाई सम्मान गरिएको सो कार्यक्रम सुस्मीता थापाले संचालन गर्नु भयको थियो। निर्देशक सनम कुमार बैरागले उपस्थित पाहुनाहरुको स्वागत गर्दै शुरु भयको सो प्रेषमीटमा एनआरएन युकेका अध्यक्ष प्रेम गाहा मगर, बरिष्ठ पत्रकार सुमन खरेल, यती नेपाली एसोसीयसन युकेका अध्यक्ष ध्रुब केशी, नेपाली साहित्य बिकास परिषद युकेका अध्यक्ष कोमल मल्ल समेतले कथाकार स्व इश्वर मानन्धरको शंझना गर्दै फिल्म बारे चर्चा गर्नु भयको थियो।

प्रेषमीटमा बरिष्ठ पत्रकार सुमन खरेल,लण्डनमा कान्तिपुर संवाददाता नविन पोखरेल,रातोपाटी संवाददाता नरेन्द्र बस्नेत,लण्डन नेपाल न्युजका सम्पादक शीव भण्डारी, शीतलपाटीन्युज डटकमका सम्पादक बाचस्पति रेग्मी,अफिसीयल क्यामरामेन कुशल श्रेष्ठ,प्रोडक्सन थ्रि का फोटोग्राफर शंकर श्रेष्ठको उपस्थिती रहेको र निर्माता निर्देशकसंग प्रश्नउत्तर समेत भै प्रेषमीट भब्य भयको थियो।

https://www.youtube.com/watch?v=xzLbMqE9BtU



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?