Saturday October 01, 2022

पिटरबरोका नेपाली दिदीबहिनीहरूले मनाए तीज पार्टी

४ भाद्र, २०७९ शीतलपाटीन्युज डटकम। 1380


पिटरबरोका नेपाली दिदीबहिनीहरूले मनाए तीज पार्टी

शीतलपाटीन्युज डटकम।

लण्डन।बेलायतको पिटरबरो शहरमा बस्ने दिदीबहिनीहरुले नेपाली महिलाहरूको महान चॉंड हरितालिका तीज २०७९ मनाएका छन् । यही १७ अगस्टका दिन पिटरवोरो नेपाली समाज युकेको आयोजनामा सम्पन्न तीज पार्टीमा महिलाहरू खानपिन र नांचगान गरी रमाएका थिए ।कार्यक्रम पिटरबरो टाउनमा रहेको गोर्खा दरबार रेस्टुरेन्टमा सम्पन्न भएको थियो।

कार्यक्रममा उपस्थित सम्पुर्ण दिदिबहिनीहरुलाई हरितालिका तीजको शुभकामना ब्यक्त गर्दै समाजका अध्यक्ष हरिहर भट्टराईले यस्ता नेपाली चाडपर्वहरुमा आयोजना गरिने कार्यक्रमहरुले नेपाली कला र संस्कृतिको जगेर्ना गर्नुका साथै हामी बिदेशमा बस्ने नेपालीहरुका आउँने पुस्ताहरुमा हाम्रो मौलिक परम्परा हस्तान्तरण हुँदै जाने बिस्वास ब्यक्त गरेका थिए । साथै पिटरबरोमा बसाई सरेर आउनुभएका नयाँ दिदिबहिनीहरु र उहाँहरुका परिवारलाई समाजको तर्फबाट पिटरबरोमा स्वागत पनि गरेका थिए ।

बिशुद्धरुपले पिटरबरो र आसपासमा बस्नुहुने नेपाली दिदीबहिनीहरुलाई मनोरञ्जन र शुभकामना आदानप्रदान गर्ने उद्देस्यले  आयोजित उक्त तीज पार्टीमा समाजकी उपाध्यक्ष श्रीमति संगिता कोईरालाले उपस्थित सबैलाई स्वागत गरेकी थिईन् भने कार्यक्रम एकता भण्डारीले संचालन गरिकी थिईन्।

समाजका महासचिव कृष्ण लुइँटेलले आउँदो अक्टोबर ३ सोमबारका दिन समाजले विजयादशमी तथा दिपावलिको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्ने र सो कार्यक्रममा सकेसम्म राष्ट्रिय कलाकारहरु ल्याउने कुराको जानकारी गराएका थिए।करीव १०० जना नेपाली दिदीबहिनीहरु सहभागि उक्त कार्यक्रममा एकता भन्डारी र सोनिशा भट्टराईले संयुक्त नृत्य प्रस्तुत गरेका थिए ।

 

सहभागी दिदिबहिनीहरुका बिचमा खेलाईएको म्युजिकल चेयर खेल अत्यन्तै रोचक रहेको थियो ।कार्यक्रममा राफल चिट्ठा पनि खेलाईएको थियो। सांझ ५:०० बजे सुरु भै राती १०:०० बजेसम्म चलेको उक्त कार्यक्रममा दिदीबहिनीहरुले तीजको गीतमा नॉंचगॉंन गर्दै नेपाली स्वादको मिठो खानामा भरपुर मनोरंजन गरेका थिए।

 

यसैगरी पिटरवोरो नेपाली समाज स्प्रिचुयल समूहको आयोजना र पिटरवोरो  नेपाली समाजको सहयोगमा कृष्ण जन्माष्टमीको दिन भगवान कृष्णको पूजा तथा भजनकृर्तन कार्यक्रम सम्पन्न भएको छ । स्प्रिचुयल समूहका संयोजक द्योय  सुनिता कार्की र पार्वती पौडेल एंव सचिव जुना सापकोटाको सक्रियतामा भएको उक्त कृष्ण जन्माष्टमी कार्यक्रम  समाजको आफ्नै व्यवस्थापन रहेको स्टाफ्फोर्ट हलमा गरिएको थियो ।

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?