Saturday October 01, 2022

नेपाली मेला भब्य हुने : चुलो निम्तो तमुधी युके

५ भाद्र, २०७९ शीतलपाटीन्युज डटकम। 1245


नेपाली मेला भब्य हुने : चुलो निम्तो तमुधी युके

शीतलपाटीन्युज डटकम।

मीचेट,लन्डन। तमुधी युकेले १३औ संस्करणको नेपाली मेला २०२२ आयोजनाको तयारी पुरा भयको उपलक्ष्यमा बेलायतको मिचेटस्थित आफ्नै तमुधी भवनमा पत्रकार सम्मेलन सम्पन्न गरेको छ। नेपाली मेलामा “हाम्रो संकृति,हाम्रो गौरब, हाम्रो पहिचान” भन्ने मूल नाराका साथ २८ अगस्त २०२२ मा लण्डनको केमटन पार्क रेसकोर्स किड्ग्सटनमा सम्पन्न हुने कार्यक्रम छ।

तमुधि युकेका अध्यक्ष हितकाजी गुरुड्गको अध्यता भयको पत्रकार सम्मेलनमा नेपाली मेलाका प्रमुख संयोजक तथा तमुधी युकेका बरिष्ठ उपाध्यक्ष हरि गुरुङले नेपाली मेलाको तयारी बारे प्रस्तुति दिएका थिए। 

नेपाली मेलामा सांकृतिक झाँकीतर्फ ३२ टिम र स्टेजतर्फ १४ टिमले भाग लिन टीम दर्ता भएको छ।नेपाली मेलाको मुख्य आकर्षणहरु मध्ये सांकृतिक झाँकी,सांकृतिक कार्यक्रम,खानपिन, च्यारिटी,आपतकालीन सेवा,खुद्रा पसल,आइसक्रिम,धौलागिरि नौमती बाजा,जनचेतना लगायत बिभिन्न स्टलहरु रहने जनाईएको छ।

नेपाली मेलामा एम्बेसडर कप प्रथम स्थानको लागि ११०० पाउण्ड, दोस्रो स्थानको लागि ७०० पाउण्ड,तेस्रो स्थानको लागि ५०० पाउण्ड र २ वटा सान्त्वना पुरुषकार राखिएको छ। झाँकी तर्फ प्रथम स्थानको लागि ५०० पाउण्ड, दोस्रो स्थानको लागि ३०० पाउण्ड, तेस्रो स्थानको लागि २०० पाउण्ड र २ वटा सान्त्वना पुरुषकार २०० पाउण्डको राखिएको छ। सांस्कृतिक नृत्यतर्फ प्रथम स्थानको लागि ५०० पाउण्ड, दोस्रो स्थानको लागि ३०० पाउण्ड,तेस्रो स्थानको लागि २०० पाउण्ड र २ वटा सान्त्वना पुरुषकार २०० पाउण्ड राखिएको छ। एम्बासाडोर कपको लागि नेपाली राजदुतावासले प्रायोजन गरेको छ भने झाँकीको लागि एलएन पाण्डे, सांस्कृतिक नृत्यको लागि पुरन गिरीले प्रायोजन गर्ने भएको छ। नेपाली मेलामा बिभीन्न शिर्षकमा ३७,००० पाउण्ड खर्च लाग्ने अनुमान गरिएको छ।

नेपालीमा मेलाको प्रमुख अतिथिमा बेलायतका लागि महामहिम नेपाली राजदुत ज्ञानचन्द्र आचार्य रहनु हुनेछ भने बिशेष अतिथिहरुमा बंगलादेशको राजदुत लगात बिभिन्न देशका कुटनीतिक आयोगका पदाधिकारीहरु हुने छन। अन्य अतिथिहरुमा नेपाली राजदुतावासका उपनियोग प्रमुख रोशन खनाल, काउन्सिलरहरु र मिलिटरी अट्याची कर्नेल रत्न बहादुर गोदार लगायत बेलायतमा स्थापित बिभिन्न संघ संगठनका अध्यक्षहरु तथा उनका प्रतिनिधिहरु रहने छन ।

तमुधि युकेका अध्यक्ष गुरुड्गको अध्यक्षतामा हुने सो मेलामा मेला सम्पन्न गर्नका लागि प्रमुख संयोजकमा संस्थाका बरिष्ठ उपाध्यक्ष हरि गुरुङ,एडमिन संयोजकमा उपाध्यक्ष जुमकाजी गुरुङ,स्टल संयोजकमा उपाध्यक्ष तुलाराम गुरुङ,कार्यक्रम संचालन तथा संयोजकमा महासचिब परशुराम गुरुङ,कार्यक्रम सहसंचालक तथा सहसंयोजकमा सचिब प्रेम गुरुङ,पाहुना सत्कार संयोजकनमा मेजर कृष्ण गुरुङ,मिडिया संयोजक सर्बिंद्र कुमार (एसके) गुरुङलाइ मुख्य जिम्मेवारी तोकिएको छ।


 

कार्यक्रममा उपस्थित पत्रकारहरुलाई तमुधी युकेले स्वागत तथा सम्मान गरेको थियो। उपस्थित पत्रकारहरुमा नेफिन युकेका अध्यक्ष तथा ग्लोबल दैनिकका सम्पादक कर्मा पहाडी शेर्पा,मंजु भण्डारी, विश्वासदीप तिगेला,खुशी लिम्बु,फोनिज युकेका अध्यक्ष गोमा राना,नेपाल पत्रकार महासंघका अध्यक्ष ध्रुब राज अर्याल, कान्तिपुर संवाददाता नविन पोखरेल,नरेन्द्र बस्नेत, बाचस्पति रेग्मी, बम बहादुर सुर्यबंशी,शीव भण्डारी,प्रकास कडेल,दुत पुन,नरेन्द्र नेवाड्ग, मीलन तमु गुरुड्ग, इर्जा श्रेष्ठसमेतको उपस्थिती थियो। प्रश्न उत्तरका समयमा सोधियका प्रश्नहरुको जवाफ संयोजक हरि गुरुङ,अध्यक्ष हितकाजी गुरुङले सहजीकरण गर्नु भयको थियो।

सो कार्यक्रममा तमुधी युकेका संथापक अध्यक्ष तथा ट्रष्टी मिन प्रसाद गुरुङ,पूर्व अध्यक्ष ज्ञाम गुरुङ,बरिष्ठ साहित्यकार तथा ट्रष्टी एकेन्द्र गुरुङ,आमा समुहका प्रमुख मंजु सीता गुरुङ,बर्तमान तथा निबर्तमान पदाधिकारीहरु संस्थाका बुद्धिजीवी तथा प्रबुद्धबर्गहरुको उपस्थिति रहेको सो प्रेषमीटमा नेपाली मेला भब्य हुने र सबैलाई चुलै निम्तो भनिएको छ।

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?