८ भाद्र, २०७९
शीतलपाटीन्युज डटकम।
नटिड्घम,लण्डन।२२ अगस्त २०२२ सोमवारका दिन गोल्डेन एभरेष्ट क्रिकेट लीगको (Golden Everest Cricket League) समापन सहित मिडल्यान्ड नेपाली मेला भव्यरूपमा सम्पन्न भएको छ। कार्यक्रमको शुरूवात साझा नेपाली समाज युकेका महासचिव राम पन्थीले गर्नु भएको थियो भने अध्यक्षता कृष्ण शर्मा सापकोटाले गर्नु भएको कार्यक्रमलाई नेपाली समाज नोटिङ्गमका महासचिव लोकनाथ अधिकारीले संचालन गर्नु भएको थियो।
कार्यक्रमको प्रमुख अतिथि रहनु भयका नेपाली राजदुताबास लण्डनका महामहिम राजदूत ज्ञानचन्द्र आचार्य,बिशेष अतिथिमा एनआरएनए आईसीसी अध्यक्ष कुल आचार्य,एनआरएनए युकेका प्रमुख संरक्षक शेर बहादुर सुनार त्यसैगरि अन्य अतिथीहरूमा एनआरएनए ग्लोबल युरोप क्षेत्रीय उपसंयोजक दयानीधी सापकोटा,एनआरएनए आईसीसी,सदस्यहरू कोशलेश्वर ढकाल,महेश अधिकारी,समीर खनाल,एलएन पाण्डे,राजेन्द्र पुडासैनी,एनआरएनए आईसीसीका पूर्व सल्लाहाकार अधिवक्ता एवम् लेखक सुरेन्द्र नेपाल श्रेष्ठ,एनआरएनए यूकेका उपाध्यक्षहरु नारायण कंडेल,सुनिल बाबु खड्का,गोबिन्द खरेल,एनआरएनए यूकेका निवर्तमान माहासचिब फडीन्द्र भट्टराई,एनआरएनए यूकेका सचीब बिष्णु चालिसे,कोषाध्यक्ष विष्णु खरेल,सदस्यहरू पदम शाही,भनुभाक्त घिमिरेको उपस्थिती थियो।
साथै एनआरएनए स्कटल्याण्ड राज्य समितिका अध्यक्ष कासीराम भण्डारी,ग्रीनवीच बोरोका काउन्सिलर जीत रानाभाट,तमुधी युकेका अध्यक्ष हितकाजी गुरूङ्ग,साझा नेपाली समाज यूकेका पूर्व अध्यक्षहरू रण बहादुर खाती क्षेत्री,राजु कंडेल,गंगा गौतम, साझा नेपाली समाज युकेका ट्रस्टी पवन शर्मा,गोल्डेन एभरेस्ट लिमिटेड कम्पनिका प्रमुख लिगका प्रमुख स्पोन्सर कमल भण्डारी,शान्ति नेपाली समाजका अध्यक्ष भोजराज भण्डारी, गल्कोट समाजका अध्यक्ष भोजराज कडेल र उपाध्यक्ष डिलाराम गौतम,नेपाली समाज नोटिङ्गमका पूर्व अध्यक्ष प्रविन पाण्डेय, पीटरबरो नेपाली समाजका अध्यक्ष हरीहर भट्टराई,श्रीजनशील नेपाली समाज लेस्टरका अध्यक्ष नारायण फुयाँल, हाम्रो नेपाली समाज ओल्बह्यामट्न अध्यक्ष राम भट्टराई,गुल्मी जील्ला समाज युकेका उपाध्यक्ष श्रीमती मन्जु भण्डारी र प्रवक्ता राधा खरेल,साझा नेपाली समाज युकेका उपाध्यहरु प्रेम आले मगर,कृष्ण खरेल र केशव खतिवडा,सचिव हरि भट्रराई , सेफ एसोसिएशनका महासचिव यज्ञ खरेल,चितवन समाज युकेका अध्यक्ष सालीक सापकोटा र पुर्ब अध्यक्ष कृष्ण गुरुङ,शिव मन्दिर अल्डरसटका अध्यक्ष बाचस्पति रेग्मी,ग्रान्थम नेपाली समाज उपाध्यक्ष श्किशोर लामीछने,याड्ली नेपाली समाजका अध्यक्ष गूंजेस्वर न्यौपाने,सामाजिक अभियन्ता पिटरबोरो नेपाली समाज युकेका पूर्व अध्यक्ष केशब भण्डारी,एनआरएनए यूकेका युवा संयोजक तीर्थ बहादुर मल्ल,नेपालबाट बेलायतको भ्रमणमा रहनु भयका अभिनेता निखिल उप्रेती,राष्ट्रीय कलाकारहरू बिशाल रायमाझी,सुश्री अस्मिता डल्लाकोटी,गायक राजन कार्की,रेशम निर्दोष,सुश्री शान्ता रानी परीयार,बीलन थापा,नीर आले,सुश्री रीना थापामगर,सुश्री भूमिका शाह,लण्डन नेपाल न्युजका शिब भण्डारी र प्रकाश कडेल समेतको रहेको सो कार्यक्रममा करिब ४०० दर्शकहरुको उपस्थिती थियो।
क्रिकेटका खेलाडीहरू र कार्यक्रममा उपस्थित सयौ नेपाली बुबाआमा, दाजुभाई दिदीबहिनीहरूलाई नेपाली समाज नोटिङ्गमका उपाध्यक्ष एवम् कार्यवाहक अध्यक्ष मुकुन्द हरि खरेलले स्वागत भाषण गर्नु भएको थियो। नेपालको राष्ट्रीयगानको धुन बजाईएको थियो भने मिडल्याण्ड नेपाली मेलाको पानसमा बत्ति बालेर प्रमुख अतिथि र विशेष अतिथीले उद्घाटन गर्नु भएको थियो। यसैगरी क्रकेट लिगको फाईनल खेलको क्रकेट मैदानमा प्रमुख अतिथिले बलिङ्ग र ब्याटीड्ग गरेर उद्घाटन गर्नु भएको थियो। कार्यक्रमलाई प्रमुख अतिथि,विशेष अतिथि,साझा नेपाली समाज युके लगायत स्थानीय संस्थाहरूबाट छोटो मन्तव्य राखिएको थियो भने कलाकारहरूले गित र नाचबाट भरपूर्ण मनोरंजन गराईएको थियो। मम स्टेसन अलटरसटबाट खानाको ब्यवस्था गरिएको थियो। दिव्यज्योति नौमति बाजा डर्बीले पन्चेबाजामा दर्शकलाई नचाएको थियो।
कार्यक्रमलाई प्रत्यक्ष प्रसारण गर्ने लण्डन नेपाल न्यूज लगायत साझा नेपाली समाज यूकेको आयोजनामा मिडल्याण्डमा क्रियाशील सबै संघ संस्थाहरूको सहभागीतामा सम्पन्न गरिएको पहिलो नेपाली मिडल्यान्ड मेला आउने बर्षको तयारी शुरू परीक्षणको रूपमा गरियो। आऊँदा वर्षमा गर्ने मिडल्याण्ड नेपाली मेलालाई विशेष गरि खेलकुद, सांस्कृतिक कार्यक्रम,फुड स्टल,नेपाली सर समानको स्टलहरू सबैलाई जोडेर मेलालाई उच्च व्यवस्थापन गर्न पक्कै पनि अहिलेको यो मेला कोशेढुङ्गा सावित हुनेछ। “Golden Everest League” बिगत ५ वर्ष देखि संयोजक रही हरेक वर्ष क्रिकेट विधालाई मिडव्याण्ड मात्र नभई युकेभरि नेपाली समुदायमा पुर्याउन अब्बल भूमिका खेल्ने नेपाली समाज नोटिङ्गमका पूर्व अध्यक्ष,एनआरएन युकेका सदस्य एवम् साझा नेपाली समाज युकेका खेलकूद संयोजक दिपक सापकोटा र छोटो समयमा नेपाली मेलाको अवधारणालाई साकार पार्न अहम भूमिका खेल्ने एनआरएन युकेको सदस्य एवम् साझा नेपाली समाजका सदस्य नेपाली मेलाका संयोजक उपेन्द्र पौड्याललाई बिशेष आभार प्रकट गरीएको छ।
वेलायत जस्तो व्यस्त देशमा समय निकालेर पार्ट टायमको सदुपयोग गर्दै खेलाईएको क्रिकेटमा सहभागी सबै खेलाडीहरूलाई बिशेष धन्यवाद र अन्तराष्ट्रिय रुपमा अगाडी रहेको क्रिकेट खेल खेल्ने अवसर तयार भयकोमा नेपाली खेलाडी र नेपालको पहिचान पनि महत्वपुर्ण रहने आसा गरिएको सो मिडलैण्ड नेपाली मेला तथा क्रिकेट लिगले महत्वपुर्ण पहिचान दिनेछ। यस बर्ष २०२२ को “Golden Everest League” मा बिजेता हासिल गर्ने लेस्टरको टिम,उपबिजेता बनेको नोटिङ्गमको ए टिम र तेश्रो हुने सफल शान्ति नेपाली समाज बर्मिगमको टिमलाई हार्दिक बधाई। कार्यक्रमको अन्त्यमा बिजेता,उपविजेता टिमलाई पदक,नगद र ट्रफी बितरण गरिएको थियो। गोल्डन एभरेष्ट लिग र मिडल्याण्ड नेपाली मेलाको निमन्त्रणलाई स्विकार गरी पाल्नुहुने महामहिम राजदूतज्यू,एनआरएनए आईसिसी, एनसिसीका पदाधिकारीहरू,सबै संघ संस्थाका पदाधिकारीहरू, समस्त अतिथिगण,उपस्थित मिडल्यान्डवासी, दाजुभाई दिदीबहिनीहरु सबैलाई हार्दिक आभार प्रकट गरीएको थियो।
सफा मौसम,ठुलो खेल मैदान,नौमती बाजाका मनोरन्जनात्मक धुन,लोकदोहोरीका भाकाहरु,टाढाटाढाबाट पाल्नु भयका पाहुनाहरु,स्वादिष्ट खानाका स्टलहरुले पहिलो मिडलैण्ड नेपाली मेला भब्य मनोरन्जनात्मक भयको थियो।
यो कार्यक्रम भबिष्यमा कोशेढुड्गा हुने कुरा रण बहादुर खाती क्षत्री पुर्व अध्यक्ष,ट्रष्टी साझा नेपाली समाज युकेले फेसबुकवाल मार्फत आफ्नो धारणा ब्यक्त गर्नु भयको छ। साथै हिजो नटिंघममा आयोजित “Golden Everest Cricket League” को फ़ाईनल खेलमा श्रृजनशील लेष्टरका भाईहरूले (Leicester Nepali Cricket Team) नटिंघम टिमलाई हराउँदै यस बर्षको एभरेष्ट क्रिकेट लिग कप उपाधि जित्न सफल भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै “Golden Everest League” का संयोजक दिपक सापकोटा,मेलाका संयोजक उपेन्द्र पौडेल,सम्बद्ध संस्थाका पदाधिकारीज्यूहरू,निम्तो स्विकार गरी पाल्नुहुने महामहिम राजदूतज्यू,एनआरएनएअध्यक्ष कुल आचार्य,अन्य समस्त पाहुना बर्ग,उपस्थित मिडल्यान्डवासी सबैप्रति हार्दिक आभार प्रकट गर्दै श्रृजनशील लेष्टर नेपाल युकेका अध्यक्ष नारायण फुयालले आफ्नो फेसबुकवालमा लेख्नु भयको छ।