Sunday November 27, 2022

साहित्यिक विधा लघु कथा : सिम्मा ।

११ भाद्र, २०७९ शीतलपाटीन्युज डटकम। 1352


साहित्यिक विधा  लघु कथा : सिम्मा ।

साहित्यिक विधा  लघु कथा।

        शीर्षक - सिम्मा !

देशमा आमूल परिवर्तनको अनुभूति भै सकेको थियो। नेताहरु दलगत स्वार्थभन्दा माथि उठेर अंगालोमा बाँधिन पुगेका देखिन्थे।

घाइते भएका र शहीद परिवारको बारेमा उच्च रुपमा समान गरिएको थियो।

गुण्डाराज चलाउँदै आएका कैयौ युवाहरु फरार भएका थिए। 

 जेल र अस्पताल पूरा सुन्य थियो। सवै छुटेका थिए। प्रहरी कार्यालय आर्मी गारत पनि जवानहरू सुसज्जित अनुशासित देखिन्थे। अशान्तिको कुनै लेश देखिँदैनथ्यो।  कस्तो संयोग सपनातित या कल्पनातित थियो।

कथानक चलचित्रको सुटिङ्ग हुँदै थियो। मेरो संसार 

सिम्मा देखिई। ऊ आफ्नो अस्मिता जोगाउँदै गरेको दृश्य देख्दा अचम्मित भए

दर्शक दिर्घामा कोही चिल्लाउँदै ।अचानक युवाहरु देखिए पछि मानिसहरू झस्के। 

अभिनेता र अभिनेत्रीलाई  गिरफ्तारी गरियो । क्यामेरा मेनको क्यामेरा भाँचियो 

त्यहाँ के के भयो पत्तो भएन।

केही समयपछि  एम्बुलेन्स देखा पर्यो । खलनायक उत्रेर हेर्यो  सिम्मालाई लिएर बाहिर तीर नजर लगायो  सुटिङ्ग अस्तव्यस्त भै सकेको थियो।

ऊ चुपचाप एक सरकारी गाडीमा चडेर  आसेपासे लिएर पार्टी कार्यालय तीर हानियो।

घटना हो कि चलचित्र सुटिङ्ग हो कसैले पत्तो लगाउन सकिने कुरा थिएन। यहाँको चलन यस्तै थियो।

इन्द्रेणी शर्मा जलद

 कोभेन्ट्री बेलायत

देवचुली नवलपुर नेपाल

२७अगस्त २०२२



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?