Saturday October 01, 2022

पर्यटन,कला,संस्कृति,भेषभूषा,रहनसहन र परम्परा प्रदर्शन गर्दै नेपाली मेला भब्य

१४ भाद्र, २०७९ शीतलपाटीन्युज डटकम। 1310


पर्यटन,कला,संस्कृति,भेषभूषा,रहनसहन र परम्परा प्रदर्शन गर्दै नेपाली मेला भब्य

शीतलपाटीन्युज डटकम।

लन्डन। पर्यटन,नेपाली मौलिक कला संस्कृति,भेषभूषा,रहनसहन र परम्परा प्रदर्शन गर्दै नेपाली मेला सम्पन्न भयको छ। गत आइतवार सम्पन्न भयको  सो नेपाली मेला लन्डनको केम्पटनपार्क रेसकोर्ष ग्राउण्ड नेपालमय बनेको थियो। १३ औं नेपाली मेलामा बेलायतस्थित झण्डै तीन दर्जन नेपाली जातीय तथा सामाजिक संघहरुको सहभागिता रहेको र पर्यटन,नेपाली मौलिक कला संस्कृति,भेषभूषा,रहनसहन र परम्परा प्रस्तुत भयको थियो।मेलामा “हाम्रो संस्कृति,हाम्रो पहिचान,हाम्रो गौरव” नारा घन्काइएको थियो।

आयोजक तमुधिं यूकेका बरिष्ठ उपाध्यक्ष हरि गुरुड्गको संयोजनमा भयको सो कार्यक्रम तमुधिं यूकेका अध्यक्ष हितकाजी गुरुङको अध्यतामा भयको हो। तमुधी युके तथा नेपाली राजदुताबासको आयोजनामा भयको सो कार्यक्रमको प्रमुख अतिथी राजदूत ज्ञानचन्द्र आचार्य रहनु भयको थियो भने मेलामा लण्डनस्थित सबै जातजातीको उपस्थिती रहेको थियो। बेलायतमा अर्को ‘सिंगो नेपाल’ झल्किएको अनुभव महामहिम राजदुत आचार्यले आफ्नो अनुभव भयको कुरा संबोधनका क्रममा सुनाउनु भयको थियो।

नेपालको विविधता झल्कने गरि ठूलो महोत्सव आयोजना भयकोमा सबैलाई धन्यवाद दिंदै महामहिम राजदूतले नेपालबाट निकै टाढा रहेपनि आफ्नो कला संस्कृति,परम्परा,भेषभूषा र भाषा जीवन्त बनाउन मेलाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भयको थियो। नेपाली राजदूतावास लण्डनबाट समेत यो नेपाली मेलालाई सहयोग गरीएको थियो।

आयोजक तमुधिं यूके अध्यक्ष हितकाजी गुरुङले सन् २००९ देखि शुरु नेपाली मेला सबैको साझा मेला बनेको उल्लेख गर्दै आर्थिक चुनौतिबीच सबैको साथ सहयोगले मेला सफल भएको बताउनु भयको थियो। तमुधिं यूके महासचिव परशुराम गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा मेला संयोजक एवं तमुधिं यूके उपाध्यक्ष हरि गुरुङले मेलाको उद्देश्यबारे प्रकाश पार्नु भयको थियो। नेपाली संस्कार संस्कृतिको जगेर्ना,नयां पुस्तालाई मेलामार्फत कुलतमा नलाग्न प्रेरित गर्ने,स्थानीय समुदायसंग मित्रता बढाउने र समाजमा अन्तरघुलन गर्ने मेलाको प्रमुख उद्देश्य रहेको उहाले सुनाउनु भयो।


एम्बासडर कपद्वारा घान्द्रुक समाज यूके सम्मानित- मेलामा प्रस्तुत सांस्कृतिक झांकी र नृत्यहरुमध्ये सर्वोत्कृष्ट बन्दै यस वर्षको एम्बासडर कप घान्द्रुक समाज यूकेले जितेको छ। गत वर्षको विजेता सिक्लेस पार्चे समाज यूके दोस्रो र तमु समाज यूके तेस्रो स्थान प्राप्त गर्न सफल भए। लन्डनस्थित नेपाली दूतावासले प्रायोजन गरेको ‘एम्बासडर कप’ विजेता घान्द्रुक समाज यूकेले नगद ११ सय पाउन्ड सहित कप प्राप्त गरेको छ । दोस्रो स्थान जित्ने सिक्लेस पार्चे समाज यूकेले नगद ७ सय पाउन्ड र तेस्रो स्थानको तमु समाज यूकेले नगद ५ सय पाउन्डसहित पुरस्कार प्राप्त गरे।

झांकीहरुमध्ये उत्कृष्ट बन्दै सिक्लेस पार्चे समाज यूके पहिलो स्थान प्राप्त गर्न सफल भएको थियो। त्यस्तै, झाँकीतर्फ दोस्रो र तेस्रो स्थान क्रमशः घान्द्रुक समाज यूके र किरांत राई यायोक्खाले ओगट्न सफल भए।

 

Purkheuli at Nepali mela

Posted by Bom Thapa Suryawangshi Magar on Sunday, August 28, 2022

सांस्कृतिक नृत्य प्रतियोगितामा भने तमु समाज यूके उत्कृष्ट बन्दै पहिलो स्थानमा आउँदा घान्द्रुक समाज यूके दोस्रो स्थान प्राप्त गर्न सफल भएको छ। झाँकी र नृत्य दुवै विधामा प्रथम,दोस्रो र तेस्रो हुने संस्थाले क्रमशः पांच सय,तीन सय र दुई सय पाउन्ड नगद पुरस्कार प्राप्त गरेको छ।


विभिन्न संघसंस्थाद्वारा प्रस्तुत झाँकीहरुको मूल्यांकनका लागि निर्णायकहरु विमला सेने,गोमा राना,प्रमिला लाबुङ राई,पदम गुरुङ र कल्पना राई रहनु भयको थियो। नृत्य प्रतियोगितामा निर्णायकको भूमिका सरु रानामगर, कृष्ण गुरुङ र कविता घर्तीमगर गुरुङले निर्वाह गरेका थिए। मेला हेर्न बेलायत बसोबास गरेका छिमेकी देश भारत,पाकिस्तान र बंगलादेशका कूटनीतिज्ञसहित झण्डै ५ हजार नेपाली सहभागी थिए।

मेलामा स्वादिष्ट नेपाली खानाको लागि २ वटा स्टल र विभिन्न उद्यमी,व्यापारी,व्यवसायी,च्यारिटी संस्थालगायतले आफूले ग्राहकहरुलाई दिने सेवाको बारेमा जानकारी गराउने उद्देश्यका लागि ३९ वटा स्टलहरु राखिएका थिए।

तमु धिं युकेका अध्यक्ष हितकाजी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सूर्य गुरुङ,सिर्जना गुरुङ,योगेश गुरुङ,पुनम गुरुङले साँस्कृतिक कार्यक्रम संचालन गरेका थिए।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?