Saturday October 01, 2022

“हेमन्त कान्छा रसाइली एकल सारंगी साँझ” बेलायतमा आयोजना हुँदै

१४ भाद्र, २०७९ शीतलपाटीन्युज डटकम। 1182


“हेमन्त कान्छा रसाइली एकल सारंगी साँझ” बेलायतमा आयोजना हुँदै

शीतलपाटीन्युज डटकम।

लन्डन । नेपालका चर्चित सारंगी बादक,गायक,गीतकार तथा संगीतकार हेमन्त कान्छा रसाइलीले बेलायतमा एकल प्रस्तुति दिने भएका छन्। अल्डरसटस्थित एम्पायर हलमा आउँदो १० सेप्टेम्बर शनिबार 'हेमन्त कान्छा रसाइली एकल सारंगी साँझ' मार्फत रसाइली प्रस्तुत हुन लागेका छन। रसाइलीले हालसम्म १२ हजारभन्दा बढी गीतहरुमा सारंगीका धुनहरु रेकर्ड गरिसकेका छन् भने चार दर्जन भन्दा बढी गीतहरुमा स्वर संगीत भरिसकेका छन।

रसाइलीले सांगीतिक यात्रा भने २०६३ सालमा पहिलो गीत काजु शेरचनद्वारा काँचो सुन्तला रि-रेकर्ड गरेका थिए। काँचो सुन्तला हिट भएपछि उनले लगातार 'कैले तिम्रो बन्न सकिनँ,' 'पराइ ठानेपछि', 'भाग्यमानी', 'बालापन', 'किन होला खै', 'लाहुर', 'म्याग्दी काली', 'झल्को धेरै भो', 'लौरी तितेको', 'के छ ज्यानलाई', 'थर बदल्न पर्दैन', 'म्याग्दी खोलेलाई', 'कर्मै हाराको', 'रेलको ढोका वन'जस्ता एल्बम तथा गीतहरुमा स्वर तथा सारंगीको धुन भरेका छन् । हेमन्त कान्छा रसाइलीले आजसम्म आउँदा उनले विगतलाई फर्केर हेर्न परेको छैन ।


उनलाई उनीसँगै आएका गायिका बिमला श्रीसले साथ दिनेछिन् भने दोस्रो चरणमा बिमला श्रीससँग लोकदोहोरी गीतहरु प्रस्तुत गर्नेछन् । उनलाई वाद्यवादकतर्फ मिन गुरुङ मादलमा,देनेश गुरुङ बाँसुरीमा, कुमार गुरुङ हार्मोनियममा,दिप्सन बिक गितारमा,बिलन थापा अक्टोप्याडमा,तुलसी राना मादलमा र रेशम पाचयले ढोलक तबलामा साथ दिनेछन्।

एकल साँझबाट संकलित रकमबाट खर्च कटाएर बचेको रकम नेपालबाट लोप हुन लागेको बाजा सारंगीको जगेर्ना,संरक्षण र सम्बर्द्धन गर्नका लागि खर्च गरिने संयोजक बाग्बीर पुनले बताएका छन् । टिकटको मुल्य २० पाउन्ड राखिएको छ कार्यक्रमलाई प्रायोजक गर्ने प्रायोजकहरुले भने एउटा टिकट फ्रिमा पाउने हेमन्त कान्छा रसाइलीले जानकारी दिएका छन्।

हेमन्त कान्छा रसाइली म्याग्दी जिल्ला,च्युरीबोट मट्ठडाँडामा पिता सबहादुर रसाइली र माता तुलसरा रसाइलीको कोखबाट विक्रम सम्बत २०४३ मा जन्मेका हुन्। उनले कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्।

(श्रोतः गोर्खा मिडीया)



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?