Sunday November 27, 2022

प्रवासी नेपाली मंच युकेको अधिवेशनका लागि डा राजन भट्टराई र संजय थापालाई बेलायतमा स्वागत

१८ भाद्र, २०७९ शीतलपाटीन्युज डटकम। 1433


प्रवासी नेपाली मंच युकेको अधिवेशनका लागि डा राजन भट्टराई र संजय थापालाई बेलायतमा स्वागत

शीतलपाटीन्युज डटकम।

लन्डन। नेकपा एमालेनिकट प्रवासी नेपाली मञ्च (ओएनएफ) यूकेको सातौ अधिवेशनको उद्घाटन गर्न प्रवास इन्चार्ज डा राजन भट्टराई बेलायत आईपुगेका छन्। आगामी सेप्टेम्बर ४ तारिख आइतबार अल्डरसटको एम्पायर हलमा मञ्चको सातौँ अधिवेशन उद्घाटन गर्न भट्टराई शुक्रबार साँझ बेलायत उत्रिएका हुन्। उनी सँगै ओएनएफ अमेरिकाका नेता संजय थापा पनि अधिवेशनका लागि विशेष अतिथिका रुपमा बेलायत आएका छन। 

अधिवेशनका प्रमुख अतिथिका रुपमा रहेका नेता डा भट्टराई र थापालाई हिथ्रो विमानस्थलमा ओएनएफ युकेका अध्यक्ष सुरेन्द्र थपलिया, पुर्वअध्यक्षहरु अलकल जंग लामा,दिनेश घिमिरे,रामशरण सिंखडा,राजेन्द्र पुडासैनी,प्रवासी नेपाली मंच अन्तरराष्ट्रिय कमिटि अध्यक्ष भक्त गुरुङ लगायतले स्वागत गरेका थिए। हिथ्रो एयरपोर्ट पुग्नेमा प्रवासी नेपाली मंच युकेका पदाधिकारीहरु तुंगभद्र भुसाल,सरस्वती केसी,डा मुकुन्द बास्तोला,बालकृष्ण भुसाल,भीमलाल भट्टराई,पुण्य रेग्मी,सुर्जे गुरुङ,तिलक भट्टराई,श्याम लुईटेल लगायतका ओएनएफका पदाधिकारीहरु थिए। 

सातौ अधिवेशनले संगठनलाई दुई वर्ष नेतृत्व प्रदान गर्ने टीम निर्वाचित गर्नेछ।नेकपा एमालेका विदेश विभाग प्रमुख डा भट्टराई अधिवेशन सकिए लगत्तै सामबार नेपाल फर्किने कार्यक्रम रहेको छ।अधिवेशनमा करीव तीन सय सदस्यहरु प्रतिनिधिका रुपमा सहभागी रहने प्रचार विभाग उपसंयोजक डा.मुकुन्द बास्तोलाले जनाएका छन।

मञ्चको नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष सुरेन्द्र थपलियासंगै उपाध्यक्षहरु तुंगभद्र भुषाल,सरस्वती केसी, डा.मुकुन्द बास्तोला र रविन्द्र कंडेलले दावी गरिरहेका समाचार छ।

(श्रोतः डायस्पोरा नेपाल)

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?