Saturday October 01, 2022

तमुधीं यूके लण्डन ईकाइको आयोजनमा भयको हरितालिका तीज कार्यक्रम भब्य

२० भाद्र, २०७९ शीतलपाटीन्युज डटकम। 1323


तमुधीं यूके लण्डन ईकाइको आयोजनमा भयको हरितालिका तीज कार्यक्रम भब्य

शीतलपाटीन्युज डटकम।

लण्डन। सफलता र खुशीको भेल रोकिदैन। एकता र संघर्षसॅंग ऊर्लेर आएको शक्ति पोखिंदैन। समर्थ र सहयोग साथले पाएको सफलता छुन्छ ऊचाई गरिमा लिएर। तमुधीं यू के लण्डन ईकाइको आयोजनमा गरिएको यस बर्षको हरितालीका तीज कार्यक्रम  सेप्टेम्वर तीन(३) तारिक शनिबार सडबरी हिल पोष्ट अफिस स्पोर्ट्स क्लव ( Post office sport Club) मा भव्यताको साथ मनाऊदै सम्पन्न भयो।

ऊक्त रमाईलो कार्यक्रममा २५० भन्दा बढी दिदिबहिनीहरुको ऊल्लासमय सहभागिता रहेको थियो। लण्डन ईकाइका आमा समुह दिदिबहिनी चेलीबेटीहरुको साथ समर्थन र सहयोग तथा हौसलाको लागि दाजुभाई एवं धेरै मान्यजन र समाजका प्रतिष्ठित ब्यक्तित्वहरुको बाक्लो ऊपस्थिति रहेको थियो। कार्यक्रमलाई औपचारिक रुपमा प्रारम्भ गर्दै तमुधी लण्डन ईकाइ आमा समुहकी अध्यक्ष श्रीमती कमला गुरुड्गको अध्यक्षतमा शुरु गरिएको कार्यक्रमलाई आमा समुह सचिव गुना गुरुड्गले सन्चालन गर्नु भएको थियो।

कार्यक्रममा प्रमुख अतिथी तमुधीं युके आमा समुहकी अध्यक्ष श्रीमती सिता गुरुड्ग,अतिथी लण्डन ईकाइ आमा समुह अध्यक्ष कमला गुरुड्ग र फस्ट लेडी कमला गुरुड्गको बाहुलीबाट संयुक्त रुपमा दिप प्रज्वलन गरि समुदघाटन गर्नु भएको थियो।

कार्यक्रममा बिशिष्ठ तथा अथितिहरुमा क्रमश कोन्मे घोताने समाज यूकेका चेलीवेटी प्रमुख चन्द्रदेवी गुरुड्ग,तमुधीं यूके पूर्व आमा समुह अध्यक्ष पवित्र गुरुड्ग,ऊपाध्यक्ष कमला गुरुड्ग,सचिव लिना गुरुड्ग,सह-कोषअध्यक्ष श्रीमती ध्रुवा गुरुड्ग, सोंपाल समाज यूकेका अध्यक्ष श्री प्रसाद गुरुड्ग एवं संस्थापक आमा समुह अध्यक्ष माया गुरुड्ग,साऊथ ईष्ट रिजनल तमुधीं लण्डन ईकाइका पूर्व अध्यक्ष क्या.नारायण बहादुर गुरुड्ग MBO,निबर्तमान ऊपाध्यक्ष तथा समाजसेवी एवं प्रथम राफल ड्र स्पोन्सर पार्वती गुरुड्ग,काऊन्सिलर लक्ष्य बहादुर गुरुड्ग,चार भन्ज्यांड्ग तमु समाज यूकेका संस्थापक अध्यक्ष ले.नारायक्ण प्रसाद गुरुड्ग,NRNAUK महिला संयोजक बिमला लिम्बु,NRNAUK का सल्लाहकार क्या.प्रेम गुरुड्ग,TDLE का पूर्व अध्यक्ष डेविड गुरुड्ग,आमा समुह अध्यक्ष हुम कुमारी गुरुड्ग, BCCUK London Branch आमा समुह अध्यक्ष  ईकाइका ट्रष्टिज डिलमाया गुरुड्ग आशा फेसन हाऊस निर्देशक आशा भूषाल,तमु बौद्ब सेवा समितिका काठमाण्डौका पूर्व अध्यक्ष तथा ईकाइका सल्लाहकार क्या.रामकाजी गुरुड्ग,सोंपाल समाज यूके पूर्व आमा समुह अध्यक्ष लगायत विभिन्न संघ संस्थाबाट पाल्नु भएको थियो।

कार्यक्रममा ऊपस्थित सबैलाई सुराक्षा सम्बधि जानकारी र स्वागत मनतब्य ऊप्ध्यक्ष देवकला गुरुडले दिएकी थिईन। लण्डन ईकाइका अध्यक्ष बिष्णु गुरुड्ग,तमुधीं युके आमा समुह अध्यक्ष सिता गुरुड्ग र ईकाइ आमा अध्यक्ष कमला गुरुड्गले तिजको विशेष शुभकामना सन्देश दिनु भएको थियो। तमुधीं लण्डन ईकाइको यस कार्यक्रमलाई सफल पार्न सहयोग तथा स्पोन्सर गर्नु हुने सबैको नाम वाचन गर्दै कार्यक्रम सह-संयोजक सृजना गुरुड्गले आभार प्रकट गर्दै सबैलाई धन्यवाद दिनु भएको थियो।

तीज कार्यक्रमलाई मनोरन्जात्मक रुपमा राखिएको राफल ड्रको  प्रायोजक प्रथम पुरुस्कार सुनको चन्द्रमा पार्वती गुरुड्ग दोस्रो सुनको चनद्रमा जय कृष्णा ज्वएलरी साऊथ ह्यारो,चांदीको पाऊजु कमला गुरुड्ग आशा फेसन हाऊस,गुड्डु संकलन गिप्ट हाम्पर,शर्मीला गुरुड्ग, दिलमाया गुरुड्ग,यशोदा गुरुड्ग,भरत गुरुड्ग,सृजना गुरुड्ग र मिना गुरुड्गले प्रायजोन गर्नु भएको थियो भने कोने घोण्डे समाज यूकेका चेलीबेटी प्रमुख र क्या.नारायण गुरुड्ग MBO ले लण्डन ईकाइलाई £220 पाउण्ड सहयोग सहयोग गर्नु भएको थियो।

राफल ड्रको लागि कार्यक्रम संचालन लणडन ईकाइ आमा समुहकी कार्यक्रम संयोजक हेलिसा गुरुड्गले अति नै रोमन्चक तरिकाले संचालन गर्नु भएकी थिए! प्रथम पुरुस्कार सुनको चन्द्रमा ईकाइका सचिव रक गुरुड्गकी छोरी कृपा नयन गुरुड्गले जितेकी छिन। कार्यक्रममा संगीतीक मनोरन्जनको लागि डिजे साऊण्ड शिस्टममा चौतारी ईन्टरटेण्डका निर्देशक शुशील गुरुड्गले सम्हालेका थिए। तीज कार्यक्रम हल सजावटको लागि बिहान दश १०ः३० बजे देखी अध्यक्ष बिष्णु गुरुड्ग ऊपाध्यक्ष भरत गुरुड्ग,ललितमान गुरुड्ग साथै ईकाइका अरु पदाधिकारी र सल्लाहकार ज्युहरुले बेहुली जस्तै सजाऊंदै सहयोग गरेक थिए।

टिकेट व्यावस्थाको लागि रिसेप्सनमा  ईकाइका सह-कोष्ध्यक्ष प्रेम राज गुरुड्ग,आमा समुहकी ऊपाध्यक्ष बिनु गुरुड्ग,कोषध्यक्ष गुड्डु गुरुड्ग र सह-कोषअध्यक्ष दुर्गा गुरुड्ग सचिव संगिता गुरुड्गले ब्यवस्थपनमा सहयोग गरि सम्हालेका थिए। खाना तथा क्याटरिनको ब्यावस्थपनको संयोजक ऊपाध्यक्ष ललितमान गुरुड्ग र हिमाला गुरुड्गले गर्नु भएको थियो। खानाको प्रबन्ध गोरखा दरबार नेपाली रेष्टुरेण्टले गरेका थिए। 

अधिकारीक फोटो ग्राफरमा बिरुवाअर्चले गुरुड्ग र ध्रुव गुरुड्गले गरेका थिए! उपस्थित सम्पुर्ण  दाजुभाई तथा दिदिबहिनीहरुले रमाईलो सॅंग नाचंदै मनोरन्जन गरेका थिए। अन्तमा लण्डन ईकाइ आमा समुह अध्यक्ष कमला गुरुड्गले ऊपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो।

सो तीजको मनोरन्जनात्मक कार्यक्रम सफल बनाउन तमुधीं युकेका संस्थापक अध्यक्ष मिन प्रसाद तमु र कोषअध्यक्ष कमल कोन्मे तमुले पनि तीजको शुभकामना सहित आर्थीक सहयोग गर्नु भएको थियो

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?