Saturday October 01, 2022

बेलायतमा “नेपाली कल्चरल डे”: पञ्चेबाजामा नाचेर रमाए गोरागोरी

२० भाद्र, २०७९ शीतलपाटीन्युज डटकम। 1164


बेलायतमा “नेपाली कल्चरल डे”: पञ्चेबाजामा नाचेर रमाए गोरागोरी

शीतलपाटीन्युज डटकम।

स्वीनडन,लन्डन।बास्तवमा जीवन भन्नु रमाउनु हो। रमाउने मान्छेहरु आफ्ना कला र संस्कृतिमा रमाउने गर्दछन। तर बेलायतको स्वीनडनमा भयको मेलामा पंचेबाजामा नाचेर गोरागोरीहरु रमाएको समाचार छ। यो रमाइलो ०३ सेप्टेम्बर २०२२ मा भयको हो। नेपालबाट बेलायत आएर स्वीनडन लण्डन बसोबास गर्ने नेपालीहरुको संस्था “नेपाली एसोसिएसन वील्सायर”को आयोजनामा बेलायतको स्वीन्डनमा भयको हो। गत शनिबार स्वीन्डनको फ़ारिङ्ग्डन पार्कमा आ-आफ्नो संस्कृति झल्कने भेषभुषामा सजिदै विभिन्न जात जातिको पहिचानलाई झल्किने गरी “नेपाली एसोसीयसन वील्सायर” ले कल्चरल डे मनाइएको हो।

सो सांस्कृतिक दिवसमा प्रमुख अतिथिको रुपमा सेक्रेटरी अफ स्टेट फर वेल्स तथा पूर्वसेक्रेटरी अफ स्टेट फोर जस्टिस रोबर्ट बक्ल्यान्ड उपस्थित थिए।नेपाली एसोसीयसन वील्सायरका अध्यक्ष ज्ञान प्रसाद गुरुड्गको अध्यक्षतामा भयको सो कार्यक्रम महासचीव भवानी गुरुड्गले संचालन गर्नु भयको थियो भने मेअर अब्दुल अमिनको पनि अतिथिको रुपमा उपस्थित रहेको थियो। 

पहिलो पटक आयोजना गर्दा निकै उत्साहपूर्ण उपस्थिति रहेकोले यो दोश्रो पटक आयोजना गरीएको कुरा अध्यक्ष गुरुड्गले बताउनु भयको छ। बेलायत बसोबास गरेका धेरै जना नेपालीहरुको उपस्थिती रहेको मेलामा स्थानीय गोरागोरेनीहरुको बाक्लो उपस्थिति रहेको पनि नेपाली एसोसिएसन वेल्टसायरका अध्यक्ष गुरुड्गले बताउनु भयको छ। उक्त नेपाली कल्चर डे मा विभिन्न थरिका स्टलहरु राखि मनोरन्जन प्रदान पनि गराइएको थियो।

बेलायतमा आफ्नो प्रतिभा पस्नेर नाम कमाएको सयपत्री कल्चर ग्रुपका साना नानीहरुले अति नै राम्रो नृत्यहरु प्रदर्शन गरेको उक्त “नेपाली कल्चरल डे” मा वेलफेयर ट्रस्टको लागि जोन पटेलले एक हजार पाउन्ड सहयोग समेत गरेका थिए। उपस्थित दर्शक र केटाकेटीहरु मनोरन्जनका लागि खेल्ने ठाउँहरु पनि व्यवस्था गरिएको थियो । विभिन्न किसिमका गरगहनाहरु र पोशाकहरुमा सजिएर महिला दिदीबहिनीहरु नाच्न थालेपछि गोरागोरिनी पनि साथमा नाचेका थिए । पन्चेबाजा बजाउँदा स्थानीयहरु पनि खुबै रमाइलो मानेर आनन्द लिएका थिए।

नेपालको विभिन्न ठाउँमा अनाथलयहरु खोलेर सहयोग गरिरहेका डा रोजा र डा लियोनलाई सम्मान गर्दै नेपाली एसोसिएसन वेल्टसायरका अध्यक्ष ज्ञानप्रसाद गुरुङले संस्थाको तर्फबाट प्रशंसापत्र दिएका थिए। स्थानिय मेयर अब्दुल अमीन, तमु पेल्यु संघ युकेका अध्यक्ष रन गुरुड्ग र एनआरएन युके निवर्तमान अध्यक्ष पुनम गुरुड्ग उपस्थित सो कार्यक्रम पंचेबाजा र नेपाली नाचले कार्यक्रम भव्य र सभ्य भयको र शान्तपुर्ण तरिकाले सम्पन्न भएको थियो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?