Sunday November 27, 2022

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको जाहेरी

२२ भाद्र, २०७९ शीतलपाटीन्युज डटकम। 2211


क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको जाहेरी

शीतलपाटीन्युज डटकम।

काठमाण्डौ। राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध  बलात्कारको जाहेरी परेको समाचार छ। उनीविरुद्ध १५ वर्षीया नाबालिगलाई बलात्कार गरेको उजुरी परेको उपत्यका प्रहरी कार्यालयका एआईजी​ रविन्द्र बहादुर धानुकले रातोपाटीलाई जानकारी दिनु भयको छ।

यतिबेला सन्दीप क्रिकेट खेल्ने सिलसिलामा विदेशमा रहेका छन् । सन्दीपले बलात्कार गरेको तथ्य नाबालिगको साथीले बाहिर ल्याएको बताइएको छ। उनीविरुद्ध मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेको र सो जाहेरी दर्ता गरेर अनुसन्धान गर्न आफुले निर्देशन दिएको एआईजी धानुकले बताए।

सन्दीप क्यारेबियन लिग खेल्न जानुअघि बलात्कारको घटना भएको बताइएको छ। सामाजिक सञ्जालमार्फत सन्दीपको पीडित किशोरीसँग सम्पर्क भएको र भेटघाटपछि प्रलोभनमा पारेर बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ।

(रातोपाटीबाट साभार)



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?