Sunday April 02, 2023

ग्रेटर रसमोर नेपाली कम्युनिटी युकेले ९ अक्टोबर आइतबार 10K र 2K फन रन गर्ने

२२ भाद्र, २०७९ शीतलपाटीन्युज डटकम। 1546


ग्रेटर रसमोर नेपाली कम्युनिटी युकेले ९ अक्टोबर आइतबार 10K र 2K फन रन गर्ने

शीतलपाटीन्युज डटकम।

फान्बोरो, लण्डन। ग्रेटर रसमोर नेपाली कम्सुनिटी युकेले आगामी आइतबार ९ अक्टोवर २०२२ मा दौड प्रतियोगिता गर्ने भएको छ। बिहान १० बजे 10K र १०:१५ बजे 2K हुने उक्त दौडमा ब्ल्याक वाटर भ्याली रंनर्सको सहकार्य रहनेछ भने रुश्मोर बोरो काउन्सिलको बिसेस सहयोग तथा प्रमुख प्रायोजक पिपल मोर्गेज र बिसेष प्रायोजक ग्रैन्जर रहनेछ ।

१० के दौडमा सहभागी हुन जनही १८ पाउण्ड लाग्नेछ भने २ के फन रन निशुल्क हुनेछ। दौडमा फिनिसिङ लाइन पार गर्नेले मेडल र सात सय जना सम्मले टिसर्ट पाउने अध्यक्ष मान गुरुङले जनाएका छन भने अन्यको केहि रकम रुख रोप्न खर्चिनेछ। सबै रकम च्यारीटेबल काममा खर्चिनेछ भने प्रतियोगीबाट प्रथम हुने र नेपालीको प्रतियोगी मध्ये प्रथम आउनेलाइ एभरेस्ट म्याराथुनमा दौडनको लागि सहयोग तथा प्रायोजन गरिने कार्य रहेको छ।

उक्त दौडको तयारी बैठक गत शनिबार ३ सेप्टेम्बर २०२२ मा अध्यक्ष मान गुरुड्को अध्यक्षतामा भयको थियो। बिहान ९:३० देखि ११:३० सम्म भएको बैठकमा कार्यसमिति सदस्यहरु र सल्लाहकारहरुको उपस्थिति थियो।उक्त दौडको संयोजक रि मेजर खिम गौचन,सह संयोजक उपाध्यक्ष उत्तर बहादुर गुरुङ, महासचिब डा.बिसाल गुरुङ, खेलकुद सचिब कुमार गुरुङ र महिला उपाध्यक्ष लिला सेइलिङ्ग माबोले गर्ने कार्यक्रम छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?