Sunday November 27, 2022

पासा पुच: गुठी लन्डनमा महिला अध्यक्ष सहित दुई तिहाइ महिला पदाधिकारी चयन

२२ भाद्र, २०७९ शीतलपाटीन्युज डटकम। 2159


पासा पुच: गुठी लन्डनमा महिला अध्यक्ष सहित दुई तिहाइ महिला पदाधिकारी चयन

शीतलपाटीन्युज डटकम।

लन्डन। पासा पुच: गुठी यूके लन्डन शाखाले नयाँ नेतृत्व पाएको छ। आइतबार लन्डनको बोस्टन परेडस्थित नेपाल रेष्टुरेन्टमा सम्पन्न शाखाको २१ औँ वार्षिक साधारणसभाले रुक्मिणी मानन्धरको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित भयको छ। सो अवसरमा अध्यक्ष मानन्धर दोस्रो कार्यकाललागि पुन निर्वाचित भएकी छन। 

यसैगरी कार्यसमितिको उपाध्यक्षमा ओजेश सिंह र प्रनिशा शाक्य, महासचिवमा लिसा दली श्रेष्ठ,सहसचिवमा मनिष जोशी,कोषाध्यक्षमा सविता मानन्धर र सहकोषाध्यक्षमा रोजी मानन्धर छन्। सांस्कृतिक सचिव आस्था जोशी बटाजु, खेलकुद सचिव किरन मानन्धर तथा सदस्यहरुमा अमिता श्रेष्ठ,मन्दिरा मानन्धर,एन्जिला श्रेष्ठ,पब्लिका श्रेष्ठ,मधुसुदन कायस्थ र सन्दीप तुलाधर निर्वाचित भएका छन्। 

महिला सहभागिता बढी रहेको पासा पुच: गुठीको लन्डन शाखामा बेलायतका अधिकांश नेपाली संस्थाहरुमा भन्दा फरक अभ्यास देखिएको छ। १५ सदस्यीय कार्यसमितिमा अध्यक्ष समेत दश जना महिला पदाधिकारी  निर्वाचित भएको छ भने नवनिर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्ष रहनेछ।

संस्थाका संस्थापक सदस्यहरु बालमुकुन्द जोशी,शशीधर मानन्धर र अमृतरत्न स्थापित सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति निर्वाचनको प्रक्रिया सञ्चालन गरेको हो।

यसअघि साधारणसभामा निवर्तमान समितिकी महासचिव प्रनिशा शाक्यले प्रगति प्रतिवेदन पेश गर्दै गत कार्यकालमा सम्पन्न विभिन्न १७ इभेन्टहरुबारे जानकारी गराएकी थिइन भने कोषाध्यक्ष सविता मानन्धरले उक्त अवधिको आर्थिक हिसाबकिताब र अध्यक्ष रुक्मिणी मानन्धरले आफ्नो पहिलो कार्यकाल सफल पार्न योगदान गर्ने कार्यसमिति,सल्लाहकार एवम् सदस्यहरुप्रति आभार प्रकट गरेकी थिइन्।

श्रोतः नेपालीलिंक।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?