Sunday November 27, 2022

राजा चार्ल्स तृतीयद्वारा राष्ट्रको नाममा सम्बोधन

२४ भाद्र, २०७९ शीतलपाटीन्युज डटकम। 1292


राजा चार्ल्स तृतीयद्वारा राष्ट्रको नाममा सम्बोधन

राजा चार्ल्स तृतीयद्वारा राष्ट्रको नाममा सम्बोधन

जिएनएन। बेलायतका राजा चार्ल्स तृतीयले राष्ट्रका नाममा सम्बोधन गरेका छन ।

उनले अहिले अमेरिकी पूर्वीय समय दिउसो १ बजे सम्बोधन गरेका हुन्। राजा चार्ल्स आजै मात्र स्कटल्याण्ड महलबाट लन्डन आएका हुन्।

उनले सम्बोधन गर्दै भने, ‘आज म तपाईसँग गहिरो दुःखको भावनाको कुरा गर्छु। “उहा जीवन भर महारानी,मेरी प्यारी आमा,मेरो लागि र मेरो सम्पूर्ण परिवारको लागि प्रेरणा र उदाहरण हुनुहुन्थ्यो।”

महारानी एलिजाबेथको जीवन ओजस्वीपूर्ण रहेको थियो ,उनले भने । ७० वर्षभन्दा बढी समयसम्म मेरी आमाले रानीको रूपमा धेरै राष्ट्रका जनताको सेवा गरिन्,’उनले थपे।

उनले अगाडी भने रानीले बलिदानहरू गरिन् र उनको समर्पण “परिवर्तन र प्रगतिको समयमा,आनन्द र उत्सवको समयमा, उदासी र क्षतिको समयमा” बलियो रह्यो।“महारानीले प्रेरित गरेको स्नेह, प्रशंसा र सम्मान उनको शासनकालको पहिचान बनेको छ,”उनले भने।

राजाको रूपमा आफ्नो पहिलो सम्बोधनमा आफ्नी आमा,महारानी एलिजाबेथ द्वितीयको मृत्यु पछि राजाको कर्तव्यहरू पालना गर्ने वाचा गरे। हाम्रो मूल्य मान्यता कायमै छ र कायम रहनु पर्छ,उनले भने।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?