Sunday November 27, 2022

कबि दुर्गा ढकालको प्रथम कविता संग्रह “अक्षरको परकम्पन” को विमोचन सम्पन्न

२५ भाद्र, २०७९ शीतलपाटीन्युज डटकम। 1515


कबि दुर्गा ढकालको प्रथम कविता संग्रह “अक्षरको परकम्पन” को विमोचन सम्पन्न

शीतलपाटीन्युज डटकम।

लण्डन।बि.सं.२०७९ भाद्र १८ गते तदनुसार सेप्टेम्बर ३ तारिख  २०२२ का दिन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डा गङ्गा प्रसाद उप्रेतीको प्रमुख आतित्थ्यमा कबि दुर्गा ढकालको प्रथम कविता संग्रह “अक्षरको परकम्पन”को विमोचन सम्पन्न भएको छ।बिमोचन समारोहमा त्रिभुवन बिश्वबिध्यालयका प्रोफेसर डा रमेश राज भट्टराईले कबिता संग्रहको बारेमा समिक्षात्मक धारणा राख्दै कविता संग्रह भित्र प्रकृति र लैंगिक चेतना बोलेको बताउनु भयो। त्यसैगरी प्रोफेसर डा शान्ति माया गिरिले  एउटा नारी भएर सिर्जनात्म कार्य गर्न त्यति सजिलो नहुने र त्यसमा पनि विदेशमा बसेर नेपाली भाषामा कबिता संग्रह तयार गर्नु भनेको निकै गौरबको कुरा हो भन्दै पुस्तकको समिक्षा गर्दै कवि दुर्गा ढकाललाइ  सुझाब सहित बधाई तथा शुभकामना प्रदान गर्नु भयो।  

त्यसै गरि मदन पुरस्कार बिजेता वरिष्ठ साहित्यकार युवराज नयाँघरेद्वारा पनि कबि दुर्गा ढकाललाइ बधाई दिदै आफ्नो मन्तब्य ब्यक्त गर्दै कविता लेख्ने आट गर्नु एक दुस्साहस पूर्ण काम रहेको र गीता,रामायण,बेद,माधब घिमिरे,भूपी सेरचनका कबिताहरु पनि कविता र दुर्गाजीका कविता पनि कविता नै भएको भन्दै बधाईका साथ् खुशी ब्यक्त गर्नु  भयो। इतिहासविद डा.सुरेन्द्र के सीले श्रस्टाहरुलाइ विदेश बसे पछि देश,गाउँघरको माया र सम्झना ले सताउछ। कवि दुर्गा ढकालका कविताहरु पढ्दा पनि त्यस्तै झल्को आउछ भन्ने कुरा उल्लेख गर्नु भयो। विदेशमा बसेर आफ्नो गाउँ घर,आफु खेलेको याद,आफ्नो बुबाआमा र मातृभुमिको यादले सताउने र स्रस्टाहरु बिसेष संबेदनशिल हुने भएकोले तिनै बिषय बस्तुलाइ कबिताको रुपमा उतार्ने कुरा बताउनु भयो।

प्रमुख अतिथि कुलपति गंगा प्रसादले पानसमा दियो बालेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो। वहाँले विदेशमा बसेर पनि नेपाली साहित्यको लागि कलम चलाएकी स्रस्टा दुर्गा ढकाललाइ वहाँको सृजनात्मक कार्यको कदर गर्दै आगामी दिनमा अझ शसक्त रुपमा साहित्यमा कलम चलोस् भन्ने शुभेच्छा ब्यक्त गर्नुभयो।  

रास्ट्रिका साहित्य प्रतिष्ठानका अद्यक्ष रिशब देव घिमिरेको सभापतित्वमा संचालन गरिएको कार्यक्रममा साहित्य लगायत बिभिन्न क्षेत्रबाट पाल्नु भएका व्यक्तित्वहरुलाई खादा ओडाएर सम्मान गरिएको  थियो। कार्यक्रम मा साहित्यिक क्षेत्र,लागायत् विभिन्न पेशामा आवद्द बरिष्ठ व्यक्तित्वहरु र दुर्गा ढकालका आफन्त,साथीभाईहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा कवि दुर्गा ढकाल कि छोरी नेहा ढकाल  लगायत विभिन्न व्यक्तित्वहरुले दुर्गा ढकालको पुस्तकबाट कविता लाइ बाचन गरेका थिए। रास्ट्रिय साहित्य प्रतिष्ठान कवी तथा लेखक सुमन बर्षाले स्वागत बक्तब्य सहित अक्षरको परकम्पन कबिता संग्रहबाट कविता वाचन गरेर सुनाएकी थियिन। भब्य र सभ्य रुपमा सम्पन्न भएको अक्षरको परकम्पन कविता संग्रहको विमोचन कार्यक्रमको संचालन रास्ट्रिका साहित्य प्रतिष्ठानकि सचिव तथा  कवि तथा लेखक रन्जना निरौलाले गर्नु भएको थियो।

कबि दुर्गा ढकालले बिदेशी भुमिमा पिडा हुने र तिनै पीडाबाट सिर्जनाहरु फुल्ने बताइन। हाल एनआरएनए राज्य परिषद,बर्क्शाएर एण्ड अक्सफोर्डशायरकि सचिब, एम्नेस्टी ईन्टरनेसनल यूकेकि सदस्य लगायत विभिन्न सामाजिक संघ संस्थामा कार्यरत रहेकी कवि ढकाल आफ्नो परिवार सहित बिगत १४ बर्ष देखि बेलयातको रिडिंग शहरमा बसोबास गर्दै आएकी छिन्।  



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?