Saturday October 01, 2022

अमेरिका मेरिल्याण्ड राज्यको बाल्टिमोरमा आयोजना गरिएको तेश्रो इन्द्र जात्रा(येन्या पुन्ही) भव्यताको साथ सम्पन्न

२६ भाद्र, २०७९ शीतलपाटीन्युज डटकम। 1247


अमेरिका मेरिल्याण्ड राज्यको बाल्टिमोरमा आयोजना गरिएको तेश्रो इन्द्र जात्रा(येन्या पुन्ही) भव्यताको साथ सम्पन्न

सुरेश कोईराला।

अमेरिका।मेरिल्याण्ड राज्यको बाल्टिमोरमा आयोजना गरिएको तेश्रो इन्द्र जात्रा(येन्या पुन्ही) भव्यताको साथ सम्पन्न भएको छ । साथै जातीय भेषभूषामा सहभागी भएका बालबालिकाहरुलाई पुरस्कृत समेत गरिएको छ।

नेपा: कम्युनिटी यूएसएले (नेपा समुदाय अमेरिका) आयोजनामा गरेको उक्त समारोह मेरिल्याण्ड राज्यको गनपाउडर फल्स स्टेट पार्क नामक उद्यानमा सेप्टेम्बर १० शनिबारका दिन अत्यन्तै राम्रो मौशममा सम्पन्न गरिएको छ। महामारीको कारण २ बर्ष सम्म स्थगित गरेको इन्द्र जात्रालाई पुन निरन्तरता दिईएको छ।

नेपाल कै महत्वपूर्ण सांस्कृतिक पर्व येन्हा (इन्द्रजात्रा) अब काठमांडौमा मात्र सिमित रहेन । अमेरिकाको वासिंगटन डिसीबाट १० बर्ष अगाडीबाट शुरू भएको ईन्द्रजात्रा अब अमेरिकाको बिभिन्न राज्यहरूमा अनि बिश्वका विभिन्न देशहरूमा समेत उल्लेख्य रूपमा मनाउने क्रम जारी छ। यसै क्रममा मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा पनि सन् २०१८ मा देखि मनाउन थालिएको हो। सन् २०१८ मा वर्षाको कारण समारोहमा केही अवरोध उत्पन्न भएता पनि समारोह सफल भएको थियो।

उक्त कार्यक्रममा नेवा: समुदायको परम्परागत भोज समयबजीको साथै कुमारी रथ यात्रा,भैरव तथा गणेशको रथ प्रदर्शन,बृहत् आकर्षक सम्येबजि प्रदर्शन ,धिमे बाजा,परम्परागत सांस्कृतिक पहिरनका लगाई सांस्कृतिक बस्तुहरूको प्रदर्शन, पुलुकिसी तथा लाखे नृत्यहरू प्रस्तुत गरिएका थिए।

 

इन्द्रजात्रामा नेवा:समुदायको साथै वरपर तथा विभिन्न राज्यहरु बाट समेत आएका नेपाली समुदायको बाक्लो उपस्थिति थियो। बिशेष काठमाडौं लगायत ललितपुर, भक्तपुर, धुलिखेल,दोलखा लगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी परम्परागत रूपमा नेवा :समुदायहरूले मनाउने विविध जात्रामध्येको एउटा रमाइलो महत्वपूर्ण जात्रा हो।

 

नेवा समुदायका पुरोहित बासब राजोपाध्यायले जानकारी गराए अनुसार येन्हा : पून्हीं ( ईन्द्र जात्रा) सम्बन्धमा नेपाल भाषामा “यँ ” भनेको ईन्द्र भगवान, “यँया:” भनेको ईन्द्रजात्रा हो l



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?