२७ भाद्र, २०७९
अहिल्या सुवाल।
लण्डन। बेक्स्ली नेपाली समाज युकेले २६ हप्ता लामो फिटनेस कक्षा भब्य सफलताको साथमा सम्पन्न गरेको छ।बिगत ६ महिना देखी प्रत्येक सनिवार बिहान आठ बजेदेखी दुई घण्टा संचालन यो कक्षा दस सेप्टेम्बर सनिबारको दिनमा समापन समारोह गरि सकिएको थियो।
“stay fit foever”को नारा सहित “स्वास्थ्य नै ठुलो धन हो “भन्ने सत्यलाई आत्मसाथ गरि थालिएको यस कक्षामा संस्थाका सदस्यहरू असी भन्दा बडि सदस्यहरूले दर्ता गराएका थिए भने नियमित चालिस सदस्यहरू उपस्थित रहेको हुन्थ्यो।कार्यक्रमको नेतृत्व तथा संयोजक संस्थाका कोषाध्यक्ष दीपेन्द्र सिटौला तथा कार्यक्रम सहजकर्ता बिमला शर्मा धरेलको अथक प्रयास साथै The National Lottery Community Fund को सहयोगमा यस कार्यक्रम यति लामो समय सम्म सुचारु रूप संचालन हुन गएको थियो ।
हैरिस एकेडमी फलक्नउडको हलमा भएको यस कार्यक्रम मा नेपाल बाट आउनु भएका बालकृष्ण सिटौलाले आफ्नो बिचार मन्तव्य राख्दै बेक्स्ली नेपाली समाज युके गरेका सबै कार्यक्रमहरू अति राम्रो रहेको बिदेशमा पनि यसरी नेपाललाई जिउदो राख्नु भएकोमा धन्यवाद भन्नु भयो।
यस कार्यक्रमकी सहजकर्ता बिमला शर्मा धरेलले स्वास्थ्य माथी प्रकाश पार्दै आफुपनि स्वास्थ्य क्षेत्रमा कार्यरत भएको कारणले स्वास्थ्यको महत्व कति हुन्छ भनि बुझाउनु भएकी थिईन् साथै यो कार्यक्रमको अन्त्य होइन सुरूवात हो हामीले हाम्रो स्वथ्यको निरन्तर ख़्याल राखि निरन्तरता दिनुपर्छ भन्नु भयो।
कार्यक्रममा यतिका समय साथ दिने सम्पूर्ण सहभागि सदस्यलाई धन्यवाद सहित मायाको चिनो दिइएको थियो भने यो फिटनेस कक्षा संचालनमा बिषेश सहयोग गर्ने सहभागीलाई बिषेश धन्यवाद खादा मालाको साथै मायाको चिनोले सम्मान गरिएको थियो। कार्यक्रम संस्थाका माहासचिव केदार थपलियाले संचालन गरेका थिए भने कार्यक्रमको अध्यक्षता गरिरहनु भएका संस्थाका अध्यक्ष आनन्द धरेलले फिटनेस कक्षा सम्पूर्ण प्रतिक्षक,संयोजक स्वयमसेवक तथा सबैलाई धन्यवाद दिदै आगामी दिनमा पनि अझ घेरै अझ उत्कृष्ट कार्यक्रम ल्याउने बाँचा सहित कार्यक्रमलाई समापन गर्नु भएको थियो। कार्यक्रममा संस्थाको तर्फबाट सानो रिफ्रेसमेन्ट पनि ब्यबस्था गरिएको थियो।