Monday November 28, 2022

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा पवन प्रजापति विजयी

२७ भाद्र, २०७९ शीतलपाटीन्युज डटकम। 1284


पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा पवन प्रजापति विजयी

शीतलपाटीन्युज डटकम।

पोखरा, नेपाल। पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा पवन प्रजापति विजयी भएका छन् । संघको शनिवार भएको निर्वाचनको मतगणना सकिँदा पवनले १ हजार ६१३ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भएका हुन्। उनका प्रतिस्पर्धी अर्जुन पोखरेलले ८९७ मत प्राप्त गरे।

निर्वाचनमा पवन र अर्जुन प्यानल बनाएरै भिडेका थिए। अधिकांश पदाधिकारी र सदस्य पवन प्यानलले जितेको छ।

बरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की,बाणिज्य उपाध्यक्षमा उत्तममान बुद्धाचार्य,महासचिवमा बलराम आचार्य,उपमहासचिवमा शोभा गौतम र कोषाध्यक्षमा दिनेशचन्द्र बाँस्तोला विजयी भएका छन्। यी सबै पवन प्यानलका हुन्।

अर्जुन प्यानलले उद्योग उपाध्यक्षमा मात्र पदाधिकारी जितेको छ। उद्योग उपाध्यक्षमा देवेन्द्र केसी विजयी भएका छन्। सदस्यमा पनि पवन प्यानलले नै धेरै जित हात पारेको छ । १० जना सदस्य मध्ये ६ जना पवन प्यानलका छन्।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?