Wednesday September 28, 2022

चार्ल्स राजा भए पछि प्रथम पटक आज दुवै सदनलाई सम्बोधन

२७ भाद्र, २०७९ शीतलपाटीन्युज डटकम। 1149


चार्ल्स राजा भए पछि प्रथम पटक आज दुवै सदनलाई सम्बोधन

जीएनएनन्युज।

बेलायती राजा चार्ल्स प्रथम पटक राजा भए पछि दुवै सदनका संसदहरुलाई सम्बोधन गरेका छन्। उनले सोमबार, १२ सेप्टेम्बर, २०२२ का दिन दुवै संसदका जन प्रतिनिधिहरुलाई सम्बोधन गरे।

उनले बेलायती हाउस अफ कमन्स र लर्ड्सका सभामुखहरूलाई धन्यवाद दिदै आफ्नो मन्तब्य राखे। म हाम्रो इतिहासको भार महसुस गर्छु र जसले हामीलाई महत्त्वपूर्ण संसदीय परम्पराहरूको सम्झना गराउँदछ । संसद हाम्रो लोकतन्त्रको जीवित र श्वास सास लिने साधन हो,चार्ल्सले सम्बोधनको क्रममा भने।

संसदमा आफ्नो पहिलो सम्बोधनमा चार्ल्सले आफ्ना जनतालाई रानीको “समर्पित सेवा” जारी राख्ने पुन वाचा दोहोर्याए । “हामी आज रानीको राष्ट्र र जनताको लागि समर्पित सेवाको उल्लेखनीय अवधिको सम्झनामा भेला भएका छौं,” राजाले भने। सानै उमेरमा स्वर्गीय महारानीले आफ्नो देश र जनताको सेवा गर्ने वाचा गरेको कुरा स्मरण गराए ।

यो वाचा महारानीले अतुलनीय श्रद्धाका साथ राखिन्। उनले निःस्वार्थ कर्तव्यको उदाहरण बसालिन भन्दै म विश्वासपूर्वक वाचा पालना गर्न कटिबद्ध छु,चार्ल्सले भने।

चार्ल्सले संसदलाई सम्बोधन गर्ने क्रममा सांसदहरुलाई म मेरी आमाको सेवाको वाचा जारी राख्छु भनि विश्वास दिलाए ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?