Thursday June 01, 2023

साहित्यकार पदम विश्वकर्मा र क्वारेन्टाइन उपन्यास

२८ भाद्र, २०७९ शीतलपाटीन्युज डटकम। 1703


साहित्यकार पदम विश्वकर्मा र क्वारेन्टाइन उपन्यास

सुरेश कोइराला।

नेपालको लमजुङ घर भै हाल अमेरिकाको कोलोराडो बस्दै आएका साहित्यकार, समाजसेवी पदम विश्वकर्मा विगत लामो समयदेखि नेपाली भाषा साहित्यको उन्नयन र विकासमा सरिक रहंदै आएको एक चिरपरिचित नाम हो। खासगरी उनी डायस्पोरामा नेपाली साहित्यको उत्थानमा सक्रिय रहँदै आएका छन्। नेपालमा रहँदा नै विभिन्न पत्रपत्रिकामा लेख, रचना तथा कविताहरु प्रकाशित हँदै आएका विश्वकर्मा राष्ट्रिय निबन्ध प्रतियोगितामा तृतीय पुरस्कृत थिए । अमेरिका आइसके पछि २००३ साल देखि नै अमेरिकामा स्थापित अन्तराष्ट्रिय नेपाली साहित्य समाजमा संलग्न भइ उक्त संस्थाको च्याप्टर अध्यक्ष, केन्द्रीय महासचिव, दुइ कार्यकाल अध्यक्ष र हाल उक्त संस्थाको बोर्ड अफ ट्रष्टीको उपाध्यक्षको रुपमा सक्रिय छन्। 

यसका अतिरिक्ति विश्वकर्मा ग्लोबल फोरमा संलग्न रहनुका साथै नासो समुदाय अमेरिका, रक्की माउन्टेन फ्रेण्डस अफ नेपाल, ब्लड डोनर अमेरिका र Nepalese Association in Southeast America (नासियाका) को सल्लाहकार छन्। विश्वकर्मामा शब्दसुमन कविता संग्रह, शब्द सुमनको अगँ्रेजी अनुवाद Word Floret, तमसुक कथा संग्रह र क्वारेन्टाइन उपन्यास प्रकाशित र अन्य केही कृतिहरु प्रकाशोन्मुख छन् ।

 

उनको पछिल्लो कृति क्वारेन्टाइन विश्वभरि फैलिएको कोरोना महामारीका विषानुभूति र मानव जातिले भाोग्नुपरेको अकल्पनीय त्रासदीको एक महत्वपूर्ण कृति हो । यस कृतिमा महामारीको रापमा पिल्सिएको मानव जातिको दुःख, पीडा, रोदन, चीत्कार, सन्ताप, हाहाकार आदि कारुणिक रूपमा प्रस्तुत गरिएको छ । उपन्यासको भाषा सरस, सरल तर बोधगम्य छ। चित्ताकर्षक शैलीका कारण उपन्यास पढ्न थालेपछि बिसाउन मन लाग्दैन । यथार्थमा क्वारेन्टाइन विश्व मानव जातिकै अन्तहीन सङ्कटको अभिलेख हो ।  कोरोना कालको विस्तृत चित्रण गरिएको उक्त कृति नेपाली साहित्यमा एक चर्चित र उत्कृट कृतिको रुपमा रहेको छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?