Wednesday September 28, 2022

बुध्दिष्ट गुम्बा रिडिङ यूकेले खरिद गर्यो गुम्बाका लागि भब्य भवन

२८ भाद्र, २०७९ शीतलपाटीन्युज डटकम। 1389


बुध्दिष्ट गुम्बा रिडिङ यूकेले खरिद गर्यो गुम्बाका लागि भब्य भवन

शीतलपाटीन्युज डटकम।

बेर्कसायर। बुध्दिष्ट गुम्बा रिडिङ यूकेले पनि आफ्नै नयाँ भवन खरीद गरेको समाचार छ । बुध्दिष्ट गुम्बा रिडिङको महासचिब कमल क्वोने गुरुङका अनुसार बेलायतमा रहेका अन्य गुम्बाहरु भन्दा तुलनात्मक रुपमा बुध्दिष्ट गुम्बा रिडिङ यूकेले धेरै क्षेत्रफल भएको बिशाल भवन किन्न सफल भएको कुरा जानकारी गराउनु भएको छ।

यो बिशाल भवन र क्षेत्र ओगटेको जग्गा गत २ अगष्ट २०२२ श्रावण शुक्ल पञ्चमी नाग पञ्चमीको शुभ दिन पारेर गुम्बाले खरिद गरेको हो। महासचिब गुरुङका अनुसार त्रिरत्नको अधिष्ठान,बोधिसत्त्व तथा महासत्त्व गुरु कल्याण मित्रहरुको असिम कृपा र करुणा साथै मन मनमा कुबेर देवताले बास गर्नु भएको श्रद्धालू भक्तजन र शुभेक्षकहरुको सहयोग र समर्थनले बिशाल भवन खरिद गर्न सफल भएको हो। सो खुसीको कुरा खबर यूकेका संस्थापक सदस्य ईन्द्र घोथाने गुरुङले पनि जानकारी गराउनु भएको छ। बिश्व शान्ती चाहाने बुध्दमार्गीहरुको अथक प्रयासबाट बेलायतको रिडिङ्गमा बुध्द भगवानको श्रध्दाको धरोहर पवित्र बौद्ध गुम्बा निर्माण गर्ने उध्देश्यले विशाल घर खरिद गर्न सफल भएको हो।

आठ लाख साठी हाजर पाउन्ड मुल्य बराबरको भवन खरिद गर्न सफल भयको र हाल मर्मत सम्भार भईरहेको कुरा संस्थाका अध्यक्ष इन्सपेक्टर खेम बहादुर गुरुड्गले जनाउनु भयको छ । भवनमा माने,बुध्द भगवानको मुर्ती,थांकादेखि पूजा स्थान आदी बनाउने कार्य तिब्र भईरहेको र तुलनात्मक रुपमा ठुलो क्षेत्रफल र बिशाल भवन भएकोले बिभिन्न धार्मिक कार्य देखि पित्री कार्यहरु गर्न यथेष्ट स्थान र उपयुक्त हुनेछ। 

त्यस्तै, बुध्दिष्ट गुम्बा रिडिङ यूकेलाई भवन खरिद गर्न सहयोग गर्नुहुने सम्पूर्ण चन्दादाता, शुभेक्षक तथा भक्तजनहरुलाई धन्यवाद दिन गुम्बाको मुल गुरु खेन रिम्पोछे शिर लामा गुरुङको बाहुलीबाट १७ सेप्टेम्बर २०२२ शनिबार खादा सहित आशिर्बाद तथा धन्यवाद दिने कार्यक्रम रहेको हुँदा श्रध्देय गुरु खेन रिम्पोछे दिब्य प्रबचन सुन्न आउन पनि अनुरोध गरिएको छ।

गुम्बाको लागि भवन खरिद गर्न सफल भएको उपलक्ष्यमा बुद्धिस्ट गुम्बा रिडिङ्ग युकेका अध्यक्ष ईन्सपेक्टर खेम बहादुर गुरुङले सम्पूर्ण सदस्यहरुलाई र भक्तजनहरुलाई बधाई तथा स्याई स्याई-स्याई अशिर्बाद दिनु भयको थियो।

श्रोतः खवरयुके

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?