२८ भाद्र, २०७९
शीतलपाटीन्युज डटकम।
काठमाडौं – प्रहरी प्रधान कार्यालय स्थित कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) सहकुल बहादुर थापालाई सरुवा गरिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन सेलको संयोजकसमेत रहेका थापालाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरेको हो।
मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागी उनको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल गठन गरिएको थियो। थापाको सरुवासँगै सो सेलको नेतृत्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) बसन्त कुँवरले सम्हाल्ने भएका छन्।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत एआईजी मुकुन्द राज आचार्यले भदौ २३ बाट अवकाश पाएसँगै निर्देशक पद रिक्त थियो।