Saturday January 28, 2023

डायमण्ड बुध्दिष्ट सेन्टर युकेद्वारा दिप प्रजलन:

३१ भाद्र, २०७९ शीतलपाटीन्युज डटकम। 1348


डायमण्ड बुध्दिष्ट सेन्टर युकेद्वारा दिप प्रजलन:

शीतलपाटीन्युज डटकम।

डायमण्ड बुध्दिष्ट सेन्टन युकेद्वारा स्वार्गीय बडा महारानी एलाजबेथ दितियाको स्मृतिमा बकिमहम राजदरबारको आगडी उभिएर मोलम वाचन तथा दिप प्रजलन सम्पन्न गर्यो।श्रदेय मूल गुरु खेन रिम्पोछे शिर लामा गुरुङ ज्यु तथा डिबिसी परिवारद्वारा स्वार्गीय महारानीको तस्बिरमा खादा,पुष्प गुच्छा चढाई र दिप प्रजलन गरि मोलम वाचन प्रारम्भ गरिएको थियो।

 उक्त्त दिप प्रजलन कार्यमा डिबिसी युकेका अध्यक्ष योगेश गुरुङ,कोषाध्यक्ष श्रीमती रत्न गुरुङ ज्यु,प्रमुख सल्लहाकार राम गुरुङ ज्यु,सस्थापक उपाध्यक्ष श्रीमती मिना गुरुङ ज्यु,सस्थापक कोषाध्यक्ष सुर्जा गुरुङज्यु,पुजा मण्डप सचिव पंचा मान गुरुङ,गुम्बा मेनेजर मान छान्त्यल ज्यु, गुम्बा मेनेजर बिर बहादुर गुरुङज्यु, सिनियार सल्लाहकार ओम गुरुङ ज्यु, सल्लाहकार धन माया गुरुङ ज्यु,सल्लाहकार शिवा राम गुरुङ ( BEM ) ज्यु,सदस्य ज्युहरु श्रीमती भानु छन्त्याल,श्रीमती मन माया गुरुङ,पुजा मण्डप सचिव श्रीमती धन ज्योति गुरुङ,श्रीमती रुप सुवा गुरुङ, श्रीमती बिमला गुरुङ,श्रीमती मिना कुमारी गुरुङ (ओम गुरुङ) श्रीमती मिना गुरुङ (योगेश) श्रीमति नन्द माया गुरुङ ज्यु,श्रीमति मीन काशी गुरुङ ज्यु,८१ बर्षिय जेष्ठ नागरिक आईतराम गुरुङज्यु पनि  उपस्थित रहनु भयको थियो। 

करिब एक घण्टा सम्म स्वर्गीय महारानीको सम्झनामा बुद्ध मोलम वाचन गर्दा धेरै बिदेशिहरुले तस्बिर खिचेका थिए।केहि मानिसहरु हात जोडेर संगै प्राथना गरे। तिनजना अनलाईन पत्रकारज्युहरुले छोटो अन्तर्वार्त लिनु भयो। तिमिहरु को हो।कहाँ देखि आउनु भएको। के गाउनु भएको। कति दिनको पब्लिक बिदा हुनु पर्छ।देशको अर्थतन्त्र कस्तो हुन्छ। यसै गरि डिबिसी युकेको ब्यानर बारमा सजाएर राख्दा प्रहारी आएर यो ब्यानर के हो भनि सोधेका थिए ? पछी पढ्नु भयो र खुशी हुनु भयो। बोल्दै जाँदा उक्त्त प्रहारी पनि नेपालि नै रहेछ। यो कस्तो सन्जोक। साँझा परे पनि मानिसहरुको घुईचो धेरै थियो। यहि घुईचोले आफै बोल्छ कि स्वार्गीय बडामहारानी कति धेरै मानिसको मनमा पृय रहेछन भन्ने सुन्दर परिचय थियो।

बिहाना डिबिसी युकेको गुम्बमा महारनिको तस्बिर सजाएर पुजा आराधना गरि प्रारम्भ भएको शोक कार्यक्रम प्रमुख सल्लाहकार राम गुरुङज्युद्वारा बेलुकी एक मिनेट मौन धारण गरि समापन भयो। जीवनमा एक पटक प्राप्त हुने यो एउटा अवसरमा सहभागी हुनु भएका सदस्यज्युहरुका आँखामा खुशी र भावुक रङ्गहरु भरिएको थियो। 

जीवनमा कहिले नसोचेको एउटा प्रिय सम्झनाका रुपमा सबैले सम्झिरहने एउटा सुन्दर ईतिहास भएछ। रातले चन्द्रमालाई सम्झी रहे झै सबैले स्वार्गिय बडामहारानीलाई सम्झी रहने छन। स्वार्गिय बडामहारानी प्रती हार्दिक श्रद्धाञ्जली। 

भवतु सर्ब मंगललम।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?