२ आश्विन, २०७९
शीतलपाटीन्युज डटकम।
लन्डन। तमुधिं यूकेका निवर्तमान अध्यक्ष नन्दजंग गुरुङलाई मातृशोक परेको छ। उनको आमा कास्की सिक्लेस गैरीथर निवासी ८४ वर्षकी मन काउरी गुरुङको शनिबार निधन भएको हो।
मन काउरीको शवयात्रा असोज २ गते आइतबार दिनको १२ बजे निवास पोखरा महानगरपालिका १२ लालीगुराँसटोलबाट हुने परिवारलाई उद्धृत गर्दै तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले जानकारी दिएका छन्।
मन काउरी गुरुड्गको गण्डकी प्रदेशसभा सांसद मानबहादुर गुरुङ, सिक्लेस पार्चे कम्युनिटी यूकेका महासचिव टंक मार्टिन गुरुङ र हङकङ निवासी गणेश गुरुङ गरी ४ छोरा र ३ छोरी छन्।