Saturday February 04, 2023

सहारा युकेको ७औ कार्यसमिती बैठक सम्पन्न, १९ नोभेम्बरमा च्यारीटी गर्दै

२ आश्विन, २०७९ शीतलपाटीन्युज डटकम। 1341


सहारा युकेको ७औ कार्यसमिती बैठक सम्पन्न, १९ नोभेम्बरमा च्यारीटी गर्दै

शीतलपाटीन्युज डटकम

लन्डन। सहारा यूकेको सातौ कार्यसमितीको  दोस्रो बैठक हालै सम्पन्न भएको समाचार छ। 

अल्डरसटस्थित एम्पायर हलमा शनिबार १७ सेप्टेम्बर २०२२ का दिन भयको सो बैठक अध्यक्ष ले रि कुसाङ गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो।संस्थाका महासचिव मनोज गुरुड्गले सो बैठक संचालन गर्नु भयको थियो।


सभामा सहारा यूकेका संस्थापक अध्यक्ष नवीन गुरुङ,पूर्वअध्यक्ष मिनबहादुर गुरुङ,निवर्तमान अध्यक्ष कुमार गुरुङ, सल्लाहाकारहरु तमुधि युकेका अध्यक्ष हितकाजी गुरुड्ग, बगरभाई खलक युकेका अध्यक्ष डिलराल गुरुड्ग,भोज गुरुड्ग, सहारा एफसी सीईओ क्या पिताम्बर गुरुङ,फस्ट लेडी पञ्च गुरुङ एवम वर्तमान अध्यक्ष र सहाराका कार्यसमिति सदस्यहरुको उपस्थिती थियो। बैठकमा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष कृष्ण गुरुङले दिएका थिए भने आयव्यय विवरणमा छलफल भयको थियो। त्यस्तै सहारा एफीको गतिविधिबारे सहारा एफसीका अध्यक्ष शारदा गुरुङले जानकारी गराएका थिए। 

केही साताअघि निधन भएकी बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको तस्बिरमा फूल चढाएर श्रद्धाञ्जली व्यक्त गरिएको सो बैठकमा दुई मिनेट मौन धारण गरिएको थियो। साथै तमुधि युकेका निवर्तमान अध्यक्ष नन्दजंग गुरुङ र सहारा युकेका सह कोषाध्यक्ष जगन गुरुङको आमाको निधन भएकोमा दु:ख व्यक्त गर्दै दुई मिनेट मौनधारण समेत गरिएको थियो।

कार्यक्रमको दोस्रो चरणमा सहारा च्यारिटी डिनर नाइटको योजनाबारे संयोजक एवम उपाध्यक्ष कृष्ण गुरुङले प्रकाश पार्नु भयको थियो। १९ नोभेम्बर २०२२ मा हुने सहारा युके च्यारीटी डिनर नाईट हुने मिती तय गरीएको छ।सहारा यूके अक्षयकोष र गीफ्टएड बारेमा अध्यक्ष गुरुङ र सचिव वाचस्पति रेग्मीले जानकारी गराउनु भयको थियो। च्यारिटी डिनर नाइटमा चर्चित कलाकार एवम पहिलो नेपाल तारा दिपक लिम्बुको प्रस्तुति रहने कार्यक्रम छ। गायक लिम्बु बेलायत मै भयकोले बैठकमा गायक लिम्बुलाई स्वागत गरीएको थियो। 

सामाजीक सेवामा अग्रपंक्तिमा रहेको सहारा युकेले हालै पाकिस्तानमा भयको बाडीपिडीतका पिडीतहरुलाई सहयोग गर्ने निर्णय गरेको छ। पाकिस्तानी संस्थामा पुगेर एक हजार पाउण्ड सहयोग गर्ने कुरा सहारा युके बैठकले पास समेत गरेको समाचार छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?