Wednesday September 28, 2022

प्रवासी नेपाली मंच युकेको दशैं तिहार शुभकामना साँझ १७ अक्टोबर हुदै

२ आश्विन, २०७९ शीतलपाटीन्युज डटकम। 1108


प्रवासी नेपाली मंच युकेको दशैं तिहार शुभकामना साँझ १७ अक्टोबर हुदै

शीतलपाटीन्युज डटकम।

लण्डन। प्रवासी नेपाली मंच युकेले दशैं तिहारको उपलक्ष्यमा शुभकामना साँझ आयोजना गर्ने भएको छ। प्रवासी नेपाली मंच युकेका अध्यक्ष तुंग भद्र भुसालको अध्यक्षतामा गत बिहीबार बसेको ओएनएफको दोस्रो बैठकले उक्त निर्णय गरेको हो। बेलायतमामा रहेका नेपाली समुदायलाई लक्षित गरि १७ अक्टोबर २०२२ मा आयोजना गर्न लागिएको शुभकामना साँझमा बढी भन्दा बढी नेपालीहरुको सहभागी गराउने उदेश्य रहेको छ।

ह्यारोस्थित ब्लु रुम भेन्युमा आयोजना गर्न लागिएको शुभकामना साँझमा परिवारसहित सहभागीताका लागि आव्हान गरिएको कुरा अध्यक्ष भुसालले शीतलपाटीन्युजलाई प्रचार प्रसार गरीदिन अनुरोध गर्नु भयको छ। आगामी १७ अक्टोबर सोमबार हुने शुभकामना साँझमा नेपाली हास्य व्यंग्य क्षेत्रका ख्याती प्राप्त कलाकार र गायकगायिकाको सहभागीता रहने छ ।

त्यस्तै,प्रवासी नेपाली मंच युकेको बैठकले आगामी मंसीर ४ गते संसदीय र प्रदेश सभा निर्वाचनमा नेकपा एमालेलाई बिजयी बनाउन निर्वाचन प्रचार प्रसार समिति पनि गठन गरेको समाचार छ।प्रवासी नेपाली मंच युकेका अध्यक्ष भुसालको संयोजकत्वमा गठिन निर्वाचनमा समिति २ सय ९ जनाको टीम रहेको छ। प्रवासस्थित आफ्ना सदस्यहरु तथा शुभेच्छुक मार्फत एमालेलाई भोट हाल्न अन्तरराष्ट्रिय रुपमा लविङ गरिरहेको बेला बेलायतले पनि प्रचार प्रसार गर्न लागेको हो।

बैठकले बेलायतबाट एमालेलाई आर्थिक सहयोग गर्ने निर्णय पनि गरेको छ। अध्यक्ष भुसालका अनुसार पार्टी सदस्यहरु र शुभेच्छुकहरुसँग आर्थिक सहयोगको आव्हान गर्ने कार्यक्रम छ । 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?