३ आश्विन, २०७९
शीतलपाटीन्युज डटकम।
लण्डन ।यहि १८ सेक्टेम्बर २०२२ का दिन बेलायतमा रहेका अर्घाखॉंचीबासीहरुको बार्षिक भेला तथा समर भेटघाट कार्यक्रम सम्पन्न भएको छ।आइतबार अल्डरसटको एम्पाएर हलमा समाजको आफ्नो वार्षिक भेला सम्पन्न भएको हो।
समाजका अध्यक्ष बालकृष्ण भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अतिथिहरू समाजका सल्लाहकार तुड्गभद्र भुसाल, पुर्व डिएसपी बाचश्पति रेग्मी,सल्लाहकार क्याप्टेन बीर बहादुर थापा, डा. मुकुन्द बास्तोला,तिलक भट्टराई, हरि प्रसाद घिमिरे,बुध्दि बहादुर सारू लगायतले सम्बोधन गरेका थिए।
अतिथिहरूले शुभकामना मन्तव्य दिंदै बेलायतमा बस्ने अर्घाखॉंचीबासीहरूले गरेको सामाजिक कार्य र नेपालको मौलिक संस्कृति र परम्पराको पालना गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए।
नेपालबाट भ्रमणमा आएका अभिभावकहरुको सम्मान लगायतका कार्यक्रम पनि सम्पन्न भएका थिए।
कार्यक्रममा बिशेष व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो तथा अध्यक्ष बालकृष्ण भुसालले बार्षिक प्रतबेदन पेश गर्नु भएको थियो। कार्यक्रम समाजका सचिब हरि पौडेलले संचालन गरेका थिए।
सन् २०१७ सालमा स्थापित भएको बेलायतका अर्घाखॉंचीबासीहरुको यो साझा संस्थाले अहिलेसम्म नेपालमा विभिन्न सामाजिक कार्यहरु सञ्चालन गर्दै नेपालमा लाखौ रूपैयाँ बराबरको मानवीय सहयोग गरिसकेको छ।यो भेलाले आगामी ३ बर्षको लागी गर्नुपर्ने कामको योजना पनि तयार पारेको छ।