Saturday February 04, 2023

एनआरएनए यूकेले आइतबार दिवंगत बेलायतकी महारानी एलिजाबेथ द्वितीयप्रति श्रद्धान्जलि अर्पण

३ आश्विन, २०७९ शीतलपाटीन्युज डटकम। 1338


एनआरएनए यूकेले आइतबार दिवंगत बेलायतकी महारानी एलिजाबेथ द्वितीयप्रति श्रद्धान्जलि अर्पण

शीतलपाटीन्युज डटकम।

एनआरएनए यूकेले आइतबार दिवंगत बेलायतकी महारानी एलिजाबेथ द्वितीयप्रति श्रद्धान्जलि अर्पण गर्नएक शोकसभा गरेको छ ।

एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरको अध्यक्षतामा अल्डरसटस्थित आफ्नै कार्यालयमा शोक सभागरिएको हो।

शोकसभामा स्वतस्फूर्त सहभागी भएका सर्वसाधारण तथा एनआरएनए अभियन्ताहरुले माल्यार्पणसहितश्रद्धान्जलि अर्पण गरेका थिए। सो अवसरमा दुई मिनेट मौनधारण गर्नुअघि १२ वर्षीया बालिका साइनाराईले पाइपर धुन बजाएकी थिइन् ।

शोकसभामा अध्यक्ष प्रेमगाहामगर, प्रमुख संरक्षक शेरबहादुर सुनार,एनआरएनए यूके पूर्व अध्यक्ष योगेन्द्रक्षेत्री,सल्लाहकार ओमप्रसाद थापा,स्याङ्जा समाज यूके अध्यक्ष शारदा गुरुङ लगायतले शोकमन्तव्य दिंदैस्वर्गीय महारानीप्रति श्रद्धान्जलि अर्पण गरे।

वक्ताहरुले नेपाल र ब्रिटिश गोर्खाहरुसंग निकट रहेकी महारानीको निधनले अपुरणीय क्षति पुगेको धारणाराखे।ब्रिटिस सैनिकको जागिरका सिलसिलामा राजपरिवारसंग आफ्नो निकट सम्बन्ध भएको चर्चा गर्दैअध्यक्ष गाहामगरले गोर्खाहरुले आफ्नो अभिभावक गुमाउंदा दुःख लागेको बताए।

महारानी गोर्खा वेलफेयर ट्रष्टको ट्रष्टी भएको र भूतपूर्व गोर्खाहरुका लागि धेरै कल्याणकारी कार्यमा सहयोगगरेको जनाउंदै गाहामगरले राजपरिवार डाउन टु अर्थ भएको आफूले पाएको पनि बताए।

एनआरएनए यूके प्रवक्ता भरतमणि चोङवाङले सञ्चालन गरेको उक्त कार्यक्रममा विभिन्न संघसंस्थाकाप्रतिनिधि सहभागी थिए।

बेलायती महारानीको सोमबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिंदैछ।

बेलायती इतिहासमा सबैभन्दा लामो ७० वर्ष बढी समय गद्दीमा रहेकी दिवंगत महारानी एलिजाबेथद्वितीयको गत ८ सेप्टेम्बरमा ९६ वर्षको उमेरमा स्कटल्याण्डस्थित बाल्मोरल कासलमा निधन भएको थियो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?