Tuesday September 27, 2022

पशुपति भण्डारी “प्रबल जनसेवाश्री पदकद्वारा विभुषित”

३ आश्विन, २०७९ शीतलपाटीन्युज डटकम। 1051



शीतलपाटीन्युज डटकम।

काठमाण्डौ। बेलायतमा रहेर नेपालको पर्यटन बिकासमा महत्वपुर्ण योगदान दिएका पशुपति भण्डारी  संविधान दिवस २०७९ को उपलक्ष्यमा सम्माननीय राष्ट्रपतिज्यूद्वारा “प्रबल जनसेवाश्री” पदकद्वारा विभुषित हुनु भयको समाचार छ। 

बेलायतमा संचालित एभरेष्ट इनका अध्यक्ष भण्डारी २०१६ देखि २०१८ सम्म नेपाल पर्यटन बोर्डको निर्णय अनुसार बेलायतका लागि “पर्यटन दुत” भएर नेपालमा पर्यटन बिकासका लागि पनि उल्लेखनिय काम गर्नु भयको थियो। बेलायतमा ब्यवसायी भएर धेरै नेपालीहरुलाई रोजगारी दिन सफल भण्डारीले बेलायतबाट पर्यटक लगेर नेपालको पनि पहिचान गराउन महत्वपुर्ण भुमिका निभाउनु भयको छ।

“पर्यटन दुत” पदमा रहदा नेपाली राजदुताबास लण्डनसंग मिलेर पर्यटन बिकासमा आफ्नो समय दिएर काम गरेका कारण उहा आज बिभुषित हुनु भयको छ।

नेपाल,नेपाली र बेलायत बस्ने नेपालीका लागी अहोरात्र खटिने भण्डारी नेपालको पर्यटन बिकासमा खम्बा रहेको उहाले प्राप्त गरेको सम्मानले पनि देखाएको छ। उहालाई साथीभाईहरुले पनि सामाजिक सॅजालमा  मार्फत बधाइ दिएका छन।

“*🌹हार्दिक बधाई एवं शुभकामना🌹* 

संविधान दिवस २०७९ को उपलक्ष्यमा सम्माननीय राष्ट्रपतिज्यूद्वारा पशुपति भण्डारीजीलाई “प्रबल जनसेवाश्री पदकबाट विभुषित भएकोमा हार्दिक बधाई एवं शुभकामना” भनेका छन।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?