३ आश्विन, २०७९
शीतलपाटीन्युज डटकम।
लण्डन। बेलायतस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख (Deputy Chief Of Mission)रोशन खनालराष्ट्रपतिबाट विभूषित हुनु भएको छ। उहाले “प्रबल जनसेवा श्री” पदकको सम्मान प्राप्त गर्नु भयको हो।
दूतावासकी उपनियोग प्रमुख खनालले विगतमा केहि महिना बेलायतका लागि नेपाली कार्यवाहकराजदूतको जिम्मेवारी पनि सम्हाल्नु भयको थियो।
कार्यवाहक राजदूत रहंदा उनले दूतावासको समग्र कमाण्डका साथै प्रधानमन्त्री शेरबहादुर देउवाको बेलायतभ्रमणको कुशल व्यवस्थापनका लागि प्रशंसा कमाउनु भयको थियो।
स्पष्टबक्ता,सेबाग्रही प्रति सकारात्मक भावना समेतको नेतृत्वमा लण्डनस्थित नेपाली दूतावासबाटसेवाग्राहीहरुले छिटोछरितो सेवा प्राप्त गर्दै आएका छन भने उहाले माल्टा,स्कटलैण्ड र इड्गलैण्डका बिभिड्गशहरमा राजदुताबासको घुम्तिसेवा पनि सक्रिय भएर संचालन गर्नु भयको छ।