४ आश्विन, २०७९
शीतलपाटीन्युज डटकम।
विलसायर, लण्डन। नेपाली समाज विल्टशायर स्वीन्डनले स्वर्गीय महारानी एलिजाबेथ द्वितीयलाई आज एक भव्य समारोहमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्यो।
उक्त श्रद्धाञ्जली अर्पण कार्यक्रममा संस्थाका अध्यक्ष ज्ञान प्रसाद गुरुङ,संस्थापक अध्यक्ष मेजर रिटायर्ड सन्त पुन MBE,स्वीन्डन बोरो काउन्सिलका मेयर अब्दुल अमिन,काउन्सिलर सुरेश श्री गट्टापुर, काउन्सिलर श्री डेब बेल साथै कार्यसमितीका सदस्य,सल्लाहकारज्युहरु लगायत नेपाली समाजका सदस्यहरुको बाग्लो उपस्थिति थियो।
श्रद्धाञ्जली कार्यक्रममा अध्यक्ष श्ज्ञान प्रसाद गुरुङ,स्वीन्डन बोरो काउन्सिलका मेयर श्री अब्दुल अमिन र उपाध्यक्ष खगेन्द्र गौचनले स्वर्गीय महारानी एलिजाबेथ द्वितीयलाई अन्तिम बिदाई दिदै भावपूर्ण श्रद्धाञ्जली मन्तव्य दिनुभएको थियो। Buckhurst Community Centre मा भयको उक्त कार्यक्रमलाई बिबिसीले कभर गरेको थियो।