Sunday November 27, 2022

सृजनशील नेपाली समाज युकेको झुपडी अभियान चारिटी भब्य : पहिलो चरणमै ५५ हजार  

११ आश्विन, २०७९ शीतलपाटीन्युज डटकम। 1267


सृजनशील नेपाली समाज युकेको झुपडी अभियान चारिटी भब्य : पहिलो चरणमै ५५ हजार  

दिनेश कुमार।

लण्डन। सृजनशील नेपाली समाज युकेले आफनो समाज घरका लागि भवन खरिद गर्ने भएको छ। सो कार्यका लागि पहिलो चरणमा शनिबार साँझ अल्डरशटको ईम्पाएर हलमा आयोजित च्यारिटी कार्यक्रममा ५५ हजार पाउण्डको सहयोग जम्मा भएको हो। 

समाजका अध्यक्ष भक्त दर्जीले पहिलो चरणको कार्यक्रमबाट कबुल रकमले उत्साहित हुदै आगामी एक बर्षमा भवन खरिद गर्ने बताएका छन्। त्यस्तैगरि समाजका संस्थापक संरक्षक एवम च्यारीटी कार्यक्रम संयोजक शेर बहादुर सुनारले समाज स्थापनाको १५ बर्षको अवधिमा गर्न लागेको पुण्य काममा सबैले सहयोग गर्नहुन अनुरोध गर्नु भयको छ। समाज घर बनाउन गरिएको यो पहिलो झुपडी अभियानमा ५० हजार उठाउने अभियान भयकोमा ५५ हजार जम्मा हुने छ। संयोजक सुनारका अनुसार अरु दुईपटक झुपडी कार्यक्रमको च्यारीटी गर्ने र भवन खरीद गर्ने योजना रहेको पनि बताउनु भएको छ। 

तमुधीं युकेका अध्यक्ष हीतकाजी गुरुंग , मगर समाज युकेका बरिष्ठ उपाध्यक्ष लाल पुन, गोरखा समाज युकेका पूर्वअध्यक्ष फडक गुरुंगले संबोधन गर्दै यस शुभकार्यमा आफनो सहयोग हुने बचन दिनु भयको छ। हाल बेलायतमा रहेका ह्युम्यानिष्ट ईन्टनरनेशनल नेपालका महासचिव अर्जुन परियारले प्रवासमा समाज एकजुट भई नयाँ भवन खरिद गर्न लागेकोमा खुशी व्यक्त गर्दै शुभकामना दिनु भयको थियो।  

कार्यक्रममा  पत्रकारहरु दिनेश कुमार परियार, बाचस्पति रेग्मी र मीलन गुरुंग उपस्थिति रहेको सो च्यारिटि कार्यक्रममा कलाकारहरु सुमन गौतम,शान्तारानी परियार,निर आलेमगर,मधुसुदन थापा , बिलन थापामगर,जुना श्रीषले मनोरन्जन प्रदान गराएका थिए ।  

समाजका अध्यक्ष भक्त दर्जीको अध्यक्षतामी भयको कार्यक्रमको संचालन समाजका महासचिब बिकास रनपैलीले गरेका थिए। समाजका सदस्यहरुको खचाखच उपस्थित कार्यक्रम भब्य सम्पन्न भयको थियो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?