Sunday November 27, 2022

सहारा यूकेद्वारा पाकिस्तानका बाढीपीडितका लागि एक हजार पाउण्ड आर्थिक सहयोग 

१५ आश्विन, २०७९ शीतलपाटीन्युज डटकम। 1174


सहारा यूकेद्वारा पाकिस्तानका बाढीपीडितका लागि एक हजार पाउण्ड आर्थिक सहयोग 

सहारा यूकेद्वारा पाकिस्तानका बाढीपीडितका लागि १ हजार आर्थिक सहयोग 

शीतलपाटीन्युज डटकम।

लन्डन। समाज सेवा र पिडितहरूलाई सहयोग गर्दै आएको सहारा यूकेले पाकिस्तानका बाढीपीडितका लागि १ हजार पाउन्ड सहयोग गरेको छ। अल्डरसट टाउन फुटबल क्लबमा शुक्रबार आयोजित कार्यक्रमबीच सहारा यूकेका अध्यक्ष रि ले कुसाङ गुरुङले अल्डरसट टाउन फुटबल क्लबका अध्यक्ष साहिद आजीमलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हो। 

हालै पाकिस्तानमा गएको बाढीले व्यापक जनधनको क्षति भएकोमा दु:ख व्यक्त गर्दै अध्यक्ष गुरुङले तत्काल त्यहाँका पीडित नागरिकका लागि सहायता होस भनेर सहयोग गरेको बताउनु भयको छ। सहयोग हस्तान्तरण कार्यक्रममा एनआरएनए यूकेका पूर्वअध्यक्ष सूर्य गुरुङ,तमुधिं यूकेका कोषाध्यक्ष कमल गुरुङ,सहाराका पञ्च गुरुङ,जयन्ती गुरुङ र गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु लगायतको उपस्थिति थियो। 

सहयोग ग्रहण गर्दै क्लबका अध्यक्ष पाकिस्तानका पीडितकहाँ पुर्‍याएर सहयोगको सदुपयोग गर्ने प्रतिबद्धता जनाए। साथै उनले पीडितका लागि सहयोग गरेकोमा सहारा यूकेका अध्यक्ष गुरुङलगायत सम्पूर्ण टिमलाई धन्यवाद दिएका थिए। सहारा यूकेको शनिबार १७ सेप्टेम्बर २०२२ का दिन बसेको साधारणसभाका बेला पाकिस्तानमा गएको बाढीले व्यापक जनधनको क्षति भएकोमा दु:ख व्यक्त गर्दै तत्काल त्यहाँका पीडित नागरिकका लागि १ हजार पाउन्ड सहयोग पठाउने निर्णय गरेको थियो।

(फोटो-गोर्खामिडिया)



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?