Monday May 29, 2023

बगर भाई खलक युकेको बडादशै २०७९ भब्य सम्पन्न 

१८ आश्विन, २०७९ शीतलपाटीन्युज डटकम। 1637


बगर भाई खलक युकेको बडादशै २०७९ भब्य सम्पन्न 

बगर भाई खलक युकेको बडादशै २०७९ भब्य सम्पन्न 

शीतलपाटीन्युज डटकम।

लन्डन। हिन्दुहरुको महान चाड बडादसैंको अवसरमा पोखरा बगर आसपास घर भै बेलायत बसोबास गरेका बगर भाई खलकका सदस्यहरुले बडा दशैका अवसरमा शुभकामना आदानप्रदान समेत गर्दै भब्य सांस्कृतिक कार्यक्रम सम्पन गरेको छ।

सहारा युकेका फाउण्डर प्रेसिडेन्ट नविन गुरुङ प्रमुुख अतिथी रहेको सो कार्यक्रममा समाजका अध्यक्ष डिलराश गुरुङको अध्यक्षता भएको थियो। एम्पायर हल अल्डरसटमा २ अक्टोबरमा भयको सो दशै कार्यक्रममा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम गरेर मनाइएको थियो। समाजका उपाध्यक्ष कमल गुरुङले संचालन गरेको सो कार्यक्रममा समाज भित्र रहेर उत्कृष्ट कार्य गर्ने सदस्यहरुलाई सम्मान गरिएको थियो।

बगर भाई खलकका अध्यक्ष गुरुङले पाहुना तथा समाजका सदस्यहरुलाई स्वागत गर्दै दशै मनाउन यसरी प्रत्यक्ष रुपमा भेटघाट गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताउनु भएको थियो। बगर भाई खलक युकेका निवर्तमान अध्यक्ष चन्द्र मान गुरुङ,पूर्व प्रधानाध्यापक एवम समाजसेवी महेश गुरुङ, चिफ एडभाइजर एनआरएनए युके एवम समाजसेवी नन्द कुमारी गुरुङ,तमुधि युकेका अध्यक्ष हितकाजी गुरुङ, तमुधी युकेका फाउण्डर प्रेसिडेन्ट  मीन प्रसाद गुरुङ,पूर्व अध्यक्ष राम चन्द्र गुरुङ,सहारा युके अध्यक्ष रि ले कुसाङ गुरुङ,निवर्तमान अध्यक्ष कुमार गुरुङ,पूर्व अध्यक्ष मीन गुरुङ,सार्दीखोला समाज युकेका अध्यक्ष अमृत गुरुङ,स्याङजा समाज युकेका अध्यक्ष शारदा गुरुङ,सहारा क्लव पोखराका मानार्थ सदस्य लोक बहादुर गुरुड्ग, सहारा युकेका पुर्व सचिव ओम गुरुड्ग, कार्यक्रम संयोजक भानु गुरुङ समेत उपस्थित सो कार्यक्रममा समाजको सदस्यहरु र परिवारहरूको पनि उल्लेेख्य उपस्थिती थियो।

खेलकुद,शिक्षा र समाजसेेवा गर्दै आएको बगर भाई खलक युकेले विभिन्न संघसंस्थाहरुमा रहेर उत्कृष्ट काम गरेका सदस्यहरुलाई कामको मूल्यांकन गर्दै सम्मान प्रदान गरेको थियो।

त्यस्तैगरि शीतलपाटीन्युज डटकमका सम्पादक बाचस्पति रेग्मीसमेतलाई सम्मान गरिएको सो कार्यक्रममा लोक गायीका तुलसा छेत्रीले मनोरन्जन दिलाएकी थिईन।बिजया दशमीको स्वादिष्ठ खाना समेतको सो कार्यक्रम भब्य सम्पन्न भयको थियो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?