१८ आश्विन, २०७९
शीतलपाटीन्युज डटकम।
लन्डन। बेलायतमा यस वर्षको बडादशैंको टीकाको शुभ साइत बिहान सवा नौं बजे परेको कुरा पशुपति मन्दिर प्लमस्टेका गुरु निलहरी घिमीरेले बताउनु भयको छ।
बेलायतमा क्रियाशिल अन्य नेपाली ज्योतिषी र पण्डितहरुले विजया दशमीको दिन बुधबार बिहान ठीक ९:१५ बजे बेलायतमा टीकाको शुभ साइत हुने निर्क्यौल गरेका छन।
सो साइत अनुसार टीका थाप्नेहरु पूर्व फर्किने र लगाइदिनेहरु पश्चिम फर्किने गर्नु उत्तम हुने बताइएको छ। अन्तर्राष्ट्रिय पंचाड्ग समितीमा भने नेपालमा टिका लगाउने साइत ११:५७ रहेको छ। साइत देश अनुसार समयका कारण फरक हुन सक्छ।
शुभ साइतमा शुरु गरेपछि दिनभर नै टीका लगाउन सकिने पण्डितले बताउनु भयको छ। पण्डित घिमिरे र अर्का पन्डित प्रेम प्रसाद गैरेको सक्रियतामा बेलायतका अन्य नेपाली ज्योतिषी, पण्डितहरु समेतको परामर्श गरी साइत निकालिएको हो।
सूर्योदयलाई आधार बनाएर शुभ साइत निकालिएका कारण नेपालको तुलनामा बेलायतमा साइतको समय फरक रहेको पण्डित घिमिरेले बता उनु भयको हो।