Monday May 29, 2023

समाजसेबी डा बुद्धिमान श्रेष्ठ प्रदेश सभा उम्मेदवार

२४ आश्विन, २०७९ शीतलपाटीन्युज डटकम। 1681


समाजसेबी डा बुद्धिमान श्रेष्ठ प्रदेश सभा उम्मेदवार

शीतलपाटीन्युज डटकम।

स्याङ्जा। आगामी मंसिर ४ मा हुने प्रदेश सभा निर्वाचनमा युवा उम्मेदवार डा. बुद्धिमान श्रेष्ठले आफ्नो जन्मस्थान स्याङजाबाट उम्मेद्बारी दर्ता गराउनुभएको छ।

लामो समयदेखि स्वास्थ्य क्षेत्रमा काम गर्दै आउनुभएका डा.श्रेष्ठ स्याङ्जा क्षेत्र २ (ख) प्रदेशसभा सदस्य पदमा नेकपा एमालेको तर्फबाट उमेदवार हुनुभएको हो। कान्टिपुर डेण्टल हस्पिटल संचालन गर्दै आउनुभएका डा. श्रेष्ठ स्याङ्जा जिल्लामा सडक, स्वास्थ्य र समाजसेवामा सक्रिय रूपमा लाग्दै आउनु भएको छ।

समाजसेेवी एमालेका नेता डा बुद्धिमान श्रेष्ठले दशकौ अघि स्याङ्जा र पाल्पा क्षेत्र कालीगण्डकीमा र्‍याफि्टङको लागि कालीगण्डकी महोत्सव देखि पर्यटनका कुरामा पनि जोड दिदै आउनुभएको थियो । गत २०७४ सालको स्थानीय तहको निर्वाचनमा स्याङ्जाको चापाकोट नगरपालिकाको मेयरमा उम्मेद्बार हुनु भएका उहाँको बसाई काठमाडौं भयपनि आफ्नो क्षेत्रको विकासमा अगाडि रहनु भयको छ।

श्रेष्ठले प्रदेेश शभा सदस्य निर्वाचनका लागि वालिङ नगरपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनुभएको छ। उहाँको प्रस्तावकमा नेकपा एमाले चापाकोट नगर कमिटीका अध्यक्ष राजु कोइराला र समर्थकमा नेकपा एमाले जिल्ला कमिटि सदस्य दुर्गा पाण्डे रहनुभएको छ।

स्याङ्जा २ नम्बर क्षेत्रमा प्रतिनिधि सभामा नेकपा एमालेका तर्फबाट पुर्व मन्त्री पदमा अर्याल र प्रदेशसभा २ क मा महेश भट्टराई र २ ख मा श्रेष्ठले उम्मेद्बारी दिएका छ्न् ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?