Monday November 28, 2022

राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष तिमिल्सिनालाई मानव सेवा आश्रमद्वारा लण्डनमा भब्य स्वागत

३ कार्तिक, २०७९ शीतलपाटीन्युज डटकम। 1489


राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष तिमिल्सिनालाई मानव सेवा आश्रमद्वारा लण्डनमा भब्य स्वागत

 शीतलपाटीन्युज डटकम।

लण्डन। प्रवासी नेपाली मंच (ओएनएफ) यूकेको निमन्त्रणा नेपालीहरुको ठुला चाँड दशैंतिहार,छठ र नेपाल संम्वतको शुभकामना साँझ मनाउनका लागि बेलायत आउनु भयका राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेश प्रसाद तिमिल्सिनालाई लण्डनमा भब्य स्वागत गरियको छ।

अध्यक्ष तिमिल्सिनालाई यो स्वागत हिजो साँझ १९ अक्टोबर २०२२ का दिन न्यु हवेली रेष्टुरेन्ट वेस्ट वाईफिलिट युकेमा गरियको हो। बेलायतस्थित नेेपाल सेन्टर युके र मानव सेवा आश्रम नेपाल युरोप शाखाका  तर्फबाट युरोप कोअर्डिनेटर सुनिलबाबु खड्का र खड्काको आमाले राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेश प्रसाद तिमिल्सिनालाई खादा लगाई पुष्पगुच्छाले भब्य स्वागत गरियको हो। 

राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेश प्रसाद तिमिल्सिनालाई नेपाल सेन्टर युके र मानव सेवा आश्रम नेपाल युकेका शुभचिन्तकहरुले भब्य स्वागत

गर्दा सुनिलबाबु खड्का,समाबेसी आयोगका सदस्य पुण्य तिमिल्सिना,बरिष्ठ समाजसेवी एवम यती नेपाली एएसोसिएसन युके अध्यक्ष ध्रुव केशी,बरिष्ठ समाजसेवी सुरेन्द्र नेपाल श्रेष्ठ एवम अन्य सहभागीहरुले पनि स्वागत राख्नु भएको सो कार्यक्रममा  समाजसेवी एवम ब्यबसायी रोशन सापकोटा,पुर्ब डिएसपी बाचस्पति रेग्मी समेतले आफ्नो मन्तव्य व्यक्त गर्नु भयको थियो। 

समाजसेेवामा अगाडी रहेको यी संस्थाको खुलेर सहयोग गर्नहुने राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष तिमिल्सिनालाई लण्डनमा भब्य स्वागत कार्यक्रमको संचालन समाजसेबी सुरेन्द्र नेपाल श्रेष्ठले गर्नु भयको थियो। उपस्थित सबैको परिचयबाट शुरु भयको सो कार्यक्रममा संयोजक सुनिलबाबु खड्का,समानुुपातिक आयोगका सदस्य पुण्य तिमिल्सिना,बरिष्ठ समाजसेवी एवम यती नेपाली एएसोसिएसन युके अध्यक्ष ध्रुव केशी,बरिष्ठ समाजसेवी सुरेन्द्र नेपाल श्रेष्ठले नेपालको हितको बिवीध बिषयमा प्रकाश पार्नु भयको थियो।

कार्यक्रममा संबोधन गर्दै राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सुनिल बाबु खड्कालाई एनआरएन युकेको अध्यक्षमा छानिनु भयकोमा बधाई दिदै सफल कार्यकालको कामना गर्नु भयको थियो। अध्यक्ष तिमिल्सिनाले "नेपालको संबृदि हुदै रहेको र नेपालीहरु जहा रहे पनि अनुशासित भयर देशका लागि केही गर्नुपर्छ भन्ने हुनै पर्यो" भनेर जोड दिनु भयको थियो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?