Monday November 28, 2022

बेलायतका नेपाली अभियन्ता बिनोद बराल Everest Marathon को "Goodwill Ambassador" मा नियुक्त

६ कार्तिक, २०७९ शीतलपाटीन्युज डटकम। 1219


बेलायतका नेपाली अभियन्ता बिनोद बराल  Everest Marathon को "Goodwill Ambassador" मा नियुक्त

शीतलपाटीन्युज डटकम। 

काठमाण्डौ। बेलायतमा बसोबास गरेका नेपाली अभियन्ता एवम फेडरेसन अफ इन्टरनेसनल नेपाली युथ इन्टरप्रेनर्स युकेका उपाध्यक्ष बिनोद बरालले तेन्जीड्ग हिलारी एभरेष्ट म्याराथुनको “Goodwill Ambassador” को नियुक्ति प्राप्त गरेका छन्।

२९ मई २०२३ मा मनाउन लागिएको ७०औ माउन्ट एभरेष्ट एनिभरसरी ७०K म्याराथन रनका अवसरमा Concept Man & Creator of the Anniversary का प्रमुख बिक्रम पाण्डे काजीले बराललाई यो नियुक्ति दिएर सम्मान गरेको हो।तेन्जिड्ग हिलारी एभरेष्ट म्याराथन २९ मई २०२३ मा हुनेछ र माउन्ट एभरेष्ट बेश क्याम्पबाट शुरु भै खुम्बु हाइलैण्डको बाटो प्रयोग हुनेछ।

मैले समाजमा राम्रो काम गरेको कारण मलाई यो पद दिएर सम्मान गर्नु भयकोमा तपाई पाण्डेकाजीलाई धन्यबादै मैले दिलो ज्यान दिएर , उत्साहका साथ मेरो अनुभव प्रयेग गरेर जिम्मेबारी पुरा गर्नेछु। मेरो योग्यता,अनुभव र कनेक्सनबाट यो जिम्मेबारी पुरा पुरा गर्ने छु। मलाई यो जिम्मेवारी सम्म पुर्याउन सिकाउने मेरो स्वर्गिय आमालाई संझन चाहान्छु,बरालले भनेका छन्।

मेरो आमाको सपना साकार पार्न,नेपालीहरुलाई खुसी पार्न र मातृभुमीको बिकासमा सधै लागि रहने छु बरालले भनेका छन। बराल हबाई क्षेत्रको खाद्यबिज्ञ हुन। Act Locally, Think Globally का थिंकट्याड्क बराल Farm to Table भन्ने गर्छन। बरालले आफ्नो सीप,छमता र समय बेलायत,  अमेरिका र कतारमा देखाउदै आएका छन।

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?