Monday November 28, 2022

आरआरजीएनएसको दशैंतिहार कार्यक्रम सम्पन्न, कम्युनिटी अवार्डद्वारा साउथ इष्ट पासा पुच गुठी सम्मानित 

८ कार्तिक, २०७९ शीतलपाटीन्युज डटकम। 1211


आरआरजीएनएसको दशैंतिहार कार्यक्रम सम्पन्न, कम्युनिटी अवार्डद्वारा साउथ इष्ट पासा पुच गुठी सम्मानित 

सुरेन रुपाखेती,

प्रवक्ता,आरजीएनएस।

लण्डन। साउथ इष्ट लन्डनको एशिएन कम्युनिटी सेन्टरमा हिजो अक्टोबर २३ तारिख दशैं-तिहार शुभकामना साँझ भब्य तथा सभ्य रुपमा करिब ५ सय भन्दा बढी जनमानसको गरिमामय सहभागिताका साथ सम्पन्न भयो। साउथ इष्ट लन्डनस्थित नेपालीहरुको प्रतिनिधिमुलक संस्था "रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाइटी" (आरजीएनएस) ले स्थानीय नेपाली समुदायमा योगदान गर्नेहरुलाई विभिन्न तीन विधाको अवार्ड समेत प्रदान गर्यो।  

साउथ इष्ट लन्डन मात्र नभएर बेलायत कै एक प्रमुख सस्था,साउथ इष्ट तमुधी ईकाईले कम्युनिटी इन्टिग्रेसन अवार्ड जित्यो। सस्थाले बिगत २ दशक देखि विभिन्न सामाजिक काम गर्दै आएको छ। कल्चरल अवार्डमा नेपाली समुदायमा नेपाली संस्कृति,भाषा,कलाको प्रवर्द्धनमा योगदान दिने साउथ इष्ट पासा पुच गुठीले पायो। बेलायतमा हुने मुख्य कार्यक्रम हरुमा कुमारी रथ यात्रा,बुद्ध रथ यात्रा,धिमे बाजा,नेपाली मेलामा रमाइलो इन्द्र जात्राको प्रदर्शनी लगायत सास्कृतिक बाल शिक्षा,म्ह पुजा,बिस्केट जात्रा,योमोरी पुन्ही,नेवा भोज नेपाली कला तथा संस्कृतिमा प्रख्यात छ। भोलेन्टियर सर्भिस अवार्ड अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुरालले पाए। आरजीएनएसले कोभिढ़ १९ को सुरुवाती भ्याक्सिनेसन प्रोग्रामको को कठिन समयमा,नेपाली समुदायका समाजसेवी, स्वामसेवी, ब्यबसायी, नेपाल बाट आएका भिजिटर, पत्रकार गरि करिब ५०० जना भन्दा बढी व्यक्तिहरु लाई भ्याक्सिन को व्यवस्था गरेको थियो साथै ग्लोब्स,ह्यान्ड सेनिटाईजर,माक्स,सिटामोल जस्ता अति आवश्यक पर्ने स्वास्थ्य सामंग्रीहरु करिब ३०० परिवारलाई वितरण गरेको थियो। यी दुवै अभियानमा अध्यक्ष जित रानाभाट र स्वास्थ्य कर्मी खकुरालले मुख्य संयोजनको जिम्मेवारी सम्हालेका थिए।   

खकुरालले कोभिड-१९ महामारीको सुरूवाती समयमा साउथ इष्ट लंडनमा करिब एक हजार पौण्ड बराबरको विभिन्न औषधी लगायत स्वास्थ्य सामाग्री हरु निशुल्क वितरण गरेका थिए भने ४०० भन्दा बढी परिवारलाई निशुल्क खाद्यान्न वितरण गरेका थिए साथै उनले नेपालमा पनि निकै सामाजिक कार्य गरेका छन्।  

प्रवक्ता सुरेन रुपाखेतीका अनुसार अवार्ड विजेता चयनका लागि समाजका विभिन्न क्षेत्रमा अनुभवी र विज्ञहरुको सहभागितामा पाँच सदस्यीय निर्णायक मण्डल बनाइएको थियो। आरजीएनएस अध्यक्ष काउन्सिलर जीत रानाभाट,बेलायतका लागि नेपाली राजदूत महामहिम ज्ञानचन्द्र आचार्य,ग्रीनवीच बरो मेयर लियो फ्लेचर,स्थानीय ग्रीनवीच बरोका काउन्सिल लिडर एनथोनी ओकोरेकेले अवार्ड वितरण गरेका थिए। कार्यक्रममा नेपालबाट पाल्नु भएका हास्यकलाकारद्वय राजु मास्टर र बल्छी ध्रुवेका साथै नेपाल आइडल -४ विजेता भूपेन्द्र थापा र गायक प्रकाश कटुवालको विशेष प्रस्तुति थियो। साथमा दीपक थापा,सुनिता गौतम,प्रसुना कंडेल सहितका स्थानीय कलाकाहरुले रौनक बढाएका थिए। 

कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य,ग्रीनवीच बरो मेयर लियो फ्लेचर,स्थानीय ग्रीनवीच बरोका काउन्सिल लिडर,काउन्सिलरहरु, एनआरएनए आईसिसी उपमहासचिव रामशरण सिम्खडा,एनआरएनए युकेका अध्यक्ष सुनिल बाबु खड्का सहित बेलायतका विभिन्न नेपाली संस्था र समुदायका प्रतिनिधिहरु अतिथिका रुपमा सहभागी थिए। चाडपर्वहरुको सेरोफेरोमा, कोभिड १९ को लामो चपेटापछि स्थानीय नेपालीहरुबीच सुखद जमघटको अवसर सिर्जना गरिएको उपाध्यक्ष पुण्य रेग्मीले बताए।

काउन्सिलर एवम आरजीएनएस अध्यक्ष जीत रानाभाटको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन महासचिव मञ्जु भन्डारीले गर्नु भयको थियो भने सांस्कृतिक तथा दोश्रो चरणको कार्यक्रममा धमकेदार प्रस्तुति सुनिता गौतम र दिपक थापाले प्रस्तुत गरेका थिय।

कार्यक्रम संयोजन सल्लाहकार एलएन पाण्डे र तमुधिं साउथ इष्ट रिजनल अध्यक्ष ह्यारी गुरुङ,आर्थिक संयोजन आरजीएनएस सल्लाहकारद्वय मोहन गुरुङ,राजन खकुराल तथा कोषाध्यक्ष रुद्र गौतमले गरेका थिए। अतिथि सत्कारको जिम्मेवारी आरजीएनएस उपाध्यक्ष द्वय पुण्य रेग्मी,लिला देबी गुरुङ तथा अङ्किता ढकालले सम्हालेका थिए। सभ्य र भब्य सो कार्यक्रममा धेरैले  मनोरन्जन लिएका थिय।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?