Monday November 28, 2022

तमुधीं यूकेको परोपकारी च्यारिटि रात्रीभोज भब्य र अनुकरणिय

९ कार्तिक, २०७९ शीतलपाटीन्युज डटकम 1274


तमुधीं यूकेको परोपकारी च्यारिटि रात्रीभोज भब्य र अनुकरणिय

शीतलपाटीन्युज डटकम। 

लन्डन। तमु धीं यूकेको आयोजनामा अल्डरसटस्थित एम्पाएर हलमा २२ अक्टोबर २०२२ साँझ भयको च्यारिटि रात्रीभोज कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ। तमु धीं यूकेका अध्यक्ष हितकाजी गुरुङको अध्यक्षतामा भयको सो च्यारिटि डिनर नाइटमा नेपालबाट आएका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना प्रमुख अतिथी र महामहिम राजदूत ज्ञानचन्द्र आचार्य बिशेष अतिथी रहनु भएको थियो। निर्धारित समयमा प्रमुख अतिथि र विशेष अतिथिको आगमनले कार्यक्रम समय मै प्रारम्भ गर्न सजिलो भएको र उहाहरुको आगमनमा पाईपरको प्रत्यक्ष धुनद्वारा स्वागत गर्दै हलभित्र प्रवेश गराईएको थियो।

अध्यक्ष हितकाजी गुरुङ,प्रमुख अतिथि गणेशप्रसाद तिमिल्सिना,विशेष अतिथि राजदूत ज्ञानचन्द्र आचार्य,संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ,आमा समूहकी अध्यक्ष श्रीमती मन्जु सीता गुरुङ र तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष रनबहादुर गुरुङद्वारा दिप प्रज्वलन गरी समुद्घाटन गरिएको सो कार्यक्रममा जन्मभूमि नेपालको राष्ट्रिय गान र कर्मभूमि बेलायतको राष्ट्रिय गानले पार्टीहल गुन्जायमान भयको थियो।

यस बर्ष तमुधीं यूकेलाई भौतिक,नैतिक,आर्थिक, प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान दिनु भएको तमु तमुश्योको अतुलनीय योगदानको कदर गर्दै ५ जना आदर्श तमु,तमुश्योलाई सम्मान गरिएको थियो।यसपटक पंचकुमारी तमुश्यो,मेजर कृष्णबहादुर तमु,क्याप्टेन पिताम्बर तमु,दिलरास तमु र मिलन तमु गुरुङलाई उहाहरुको योगदानको  सरहना र कदर गर्दै “आदर्श तमु र तमुश्यो २०२२” ले सम्मान गरिएको हो। त्यस्तै तमुधीं लाई माया गरेर यसबर्ष २६ जना आजीवन सदस्य बनेका मध्य उपस्थित भएका महानुभावहरुलाई अध्यक्ष तथा मञ्जु गुरुङबाट खादा लगाई प्रशंसा पत्र, तमु धींको टाई र ब्याज प्रदान गरी स्वागत गरियको थियो। 

कार्यक्रममा नेपाली राजदुताबासकी उपनियोग प्रमुख रोशन खनाललाई नेपालको संबिधान दिवसको अवसरमा प्रबल जनसेवा श्री पदकबाट बिभूषित हुनु भएकोमा उहालाई सम्मान गरिएको थियो। साथै यस कार्यक्रमको भाग्योदय चिट्ठाको लागि प्रथम पुरस्कार एक तोला सुन प्रायोजन गर्ने लक्ष्मी ज्वेलरीका लक्ष्मी राई,डिडि लन्डनका सुदन गुरुङ,Kings Gate Mortgage का प्रजेश श्रेष्ठ र घले मोर्गेजका रमेश घलेलाई खादा र प्रशंसा पत्रले सम्मान गरिएको थियो। 

सम्मानकै क्रममा गुरुङ चलचित्रकी अभिनेत्री,निर्माता र गुरुङ गीतका गीतकार प्रतिमा गुरुङ र बीसीसी युकेका आमा समुहकी अध्यक्ष उर्मिला गुरुङलाई पनि सम्मान गरिएको थियो। बिशेष अतिथि राजदूत ज्ञानचन्द्र आचार्य,प्रमुख अतिथि राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाको मन्तव्य पश्चात अध्यक्ष हितकाजीको बाहुलीबाट अतिथि द्वय र राष्ट्रिय समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिनालाई खादा र क्रेगी लगाई आभार प्रकट गरिएको थियो।

बरिष्ठ उपाध्यक्ष हरि गुरुङ स्वागत मन्तव्य राख्नु भयको सो कार्यक्रममा संयोजक उपाध्यक्ष तुलाराम गुरुङले आफ्नो सम्बोधन गर्दै कार्यक्रमको संयोजन गर्ने क्रममा सहयोग गर्नुभएका सबै महानुभावहरुलाई धन्यवाद दिनु भयो। तमु धीं यूकेका साँस्कृतिक सचिव साधुराम गुरुङको पहलमा घान्द्रुक समााज,तमु समाज यूके र चारघरेको अति सुन्दर आकर्षित नृत्यहरुको प्रस्तुतिले एम्पायर हलको माहोल अति मनमोहक बनाएको थियो। कार्यक्रममा विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि,तमु धीं यूकेका शुभचिन्तक,आजीवन सदस्य र अन्य महानुभावहरुको बाक्लो उपस्थिति रहेको थियो।यसै क्रममा कार्यक्रम संयोजक उपाध्यक्ष तुलाराम गुरुङले आफ्नो मन्तव्य राखी कार्यक्रमको संयोजन गर्ने क्रममा सहयोग गर्नुभएका सबै महानुभावहरुलाई धन्यवाद दिए।

अध्यक्ष हितकाजी गुरुङको मन्तव्यसंगै औपचारिक कार्यक्रम समापन गरिएको थियो। कार्यक्रमको अन्तमा आमासमूहकी महासचिव यशोदा गुरुङको संयोजकत्वमा भाग्योदय चिट्ठाको नतिजा प्रकाशित गरिएको थियो। तमु धीं यूकेका आमा समुहले प्रायोजन गरेको थुप्रै आकर्षक पुरस्कारहरुको बिजेताहरूको साथमा तमु धीं यूकेका सल्लाहकार तथा BCC Diamond Gumba Plumstead का अध्यक्ष योगेश गुरुङले प्रथम पुरस्कार एक तोला सुन प्राप्त गर्नु भयको थियो। योगेश गुरुङ “आदर्श तमु–२०२१” अवार्डको विजेता हुन्। 

तमु धीं यूकेका वरिष्ठ उपाध्यक्ष हरि गुरुङको संयोजनमा भिडियो तथा स्लाइड शो को ब्यवस्था गरिएको थियो। साउण्ड सिस्टममा सपन राईले ब्यावस्थापन गर्नु भयको थियो। कार्यक्रम सुचारु रुपमा संचालन गराउन कार्यक्रमको अवधिभरी नै संयोजक तथा उपाध्यक्ष तुलाराम गुरुङको निर्देशनमा उपाध्यक्ष जुमकाजी गुरुङ,सचिब प्रेम गुरुङ,खेलकुद सचिव क्याप्टेन देब घले, सांस्कृतिक सचिब साधुराम गुरुङ,सदस्यहरु डा बिशाल गुरुङ,बिमल गुरुङ र श्री गुरुङले बिशेष सहयोग पुर्‍याउनु भयको थियो। महासचिव परशु गुरुङले संचालन गरेको सो कार्यक्रम राती ११ः ३० बजे  स्वादिष्टखाना र नाचगान मनोरन्जनका साथ समापन गरिएको थियो।

photo- Milan Tamu.

भिडीयो-

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?