Monday November 28, 2022

फोनिज युकेद्वारा सम्पादक हरिकाजी गुरुङलाई सम्मान,सम्पादक अमित थेबेलाई नगद पुरस्कार

१० कार्तिक, २०७९ शीतलपाटीन्युज डटकम। 1281


फोनिज युकेद्वारा सम्पादक हरिकाजी गुरुङलाई सम्मान,सम्पादक अमित थेबेलाई नगद पुरस्कार

शीतलपाटीन्युज डटकम।

लन्डन। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युकेले फोनिजको स्थापनामा महत्वपूर्ण योगदान गरे बापत अग्रज सम्पादक पत्रकार हरिकुमार गुरुङ ‘काजी’लाई सम्मान गर्ने भएको छ। यसैगरी, आदिवासी जनजातिको सवालमा सक्रिय युवा पत्रकार एवम सम्पादक अमित थेबेलाई नगद पुरस्कार प्रदान गर्ने भएको छ।

फोनिज युकेले उहाहरुलाई सम्मान तथा पुरस्कारको लागि घोषणा गरेको हो। सम्पादकहरू गुरुङ र थेबेलाई नोभेम्बर ५ का दिन अल्डरसटमा आयोजना गरिएको फोनिज युकेको साधारण सभामा वर्ष सम्मान तथा पुरस्कार प्रदान गरिने छ। सम्मानित तथा पुरस्कृत व्यक्तित्व छनौटका लागि फोनिज युकेले पूर्व अध्यक्षहरु पूर्ण गुरुङ,विश्वासदीप तिगेला र प्रमिला लाबुङ राई रहेको छनौट समिति बनाइएको थियो।

गुरुङ बेलायतबाट एक दशकभन्दा लामो समय प्रकाशन भई हाल अनलाइनमा प्रकाशन भइरहेको एभरेष्ट टाइम्स साप्ताहिकका संस्थापक सम्पादक हुन्। फोनिज युकेको स्थापनामा गुरुङको महत्वपूर्ण योगदान छ। थेबे लिम्बु पत्रकार संघ यूकेका अध्यक्ष तथा नेपाली समाचार डटकमका अतिथि सम्पादक हुन्।

फोनिज युकेले नेपालमा हरेक वर्ष दुई जना आदिवासी जनजाति पत्रकारहरुलाई पुरस्कृत गर्दै आएकोमा यस वर्षदेखि बेलायतमा पनि पुरस्कार दिन थालेको हो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?