Monday November 28, 2022

रामकुमार गुरुङ, मनोज केसी, जुना श्रीसमगर र स्मृति शाहीको "बस है माया" सालैजो गीतको म्युजिक भिडियो सार्वजनिक

११ कार्तिक, २०७९ शीतलपाटीन्युज डटकम। 1264


रामकुमार गुरुङ, मनोज केसी, जुना श्रीसमगर र स्मृति शाहीको "बस है माया" सालैजो गीतको म्युजिक भिडियो सार्वजनिक

शीतलपाटीन्युज डटकम। 

शुक्रबार, कात्तिक ११, २०७९। चर्चित गायक तथा संगीतकार आरके गुरुङको लय र स्वर रहेको "बस है माया" सालैजो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

म्युजिक भिडियो अक्टोबर २८ शुक्रबारका दिन आरके गुरुङको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो। नेपालीहरुको महान पर्ब तिहारको बिदाइसँगै सुमधुर स्वरका धनी गायक गायिकाहरु रामकुमार गुरुङ,मनोज केसी,जुना श्रीसमगर र स्मृति शाहीले आफ्नो दर्शक स्रोताहरुका लागि मिठो कोशेली सालैजो गीत प्रस्तुत गरेका हुन्। 

बिशेष गरी धौलागिरी र गण्डकी क्षेत्रमा धेरै गाउँने, नाच्ने र सुन्ने गरेको यो सालैजो भाकाहरु हिजोआज सबै भेगका नेपालीहरुले धेरै सुनेर मनोरञ्जन लिने गरेको भेटिन्छ। लेखक मनोज केसीले निक्कै मनछुने मौलिक शब्दहरुले यो सालैजो भाकामा शब्द साथै स्वर दिएका छन्। साथमा गायिका जुना श्रीसमगर र स्मृति शाहीले यस भाकामा आफ्नो स्वर दिएका छन्। यस गीतमा नृत्य निर्देशक दीपेन्द्र तिमल्सिनाले निक्कै स्फूर्त नाचको निर्देशन गरेका छन् । 

 

गीतमा नेपालकै चर्चित डान्सर शेखर घर्तीमगर, चाहना रानामगर,लक्ष्मी गुरुङ र साथमा दीपक केसीको जोशिलो र फूर्तिलो नाच रहेको छ। साधारणतया नेपालीहरु चाडबाड मनाउन आफ्नो गाउँघर आएर फेरी पर्देशिनु पर्दाको बिषयलाई लिएर गीत तयार पारिएको कुरा गायक तथा संगीतकार आरके गुरुङ र लेखक तथा गायक मनोज केसीले गोर्खा मिडियासँग प्रस्ट पारेका छन्।

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?