Monday November 28, 2022

साउथ इष्ट लन्डनमा नेपाल संवत र म्हःपूजा भब्य सम्पन्न 

१२ कार्तिक, २०७९ शीतलपाटीन्युज डटकम। 1300


साउथ इष्ट लन्डनमा नेपाल संवत र म्हःपूजा भब्य सम्पन्न 

शीतलपाटीन्युज डटकम।

लन्डन। साउथ इष्ट लन्डनको पासा पुचः गुठीका अध्यक्ष माधवलाल श्रेष्ठको अध्यक्षतामा एक कार्यक्रम बीच नेपाल संवतको नयाँ वर्ष र म्हःपूजा मनाइएको छ।

पासा पुचः गुथी यूके,साउथ इष्ट शाखाको आयोजनामा बुधबार एशिएन कम्युनिटी सेन्टर प्लमस्टिडमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा नेवारी परम्परा अनुसार म्हःपूजाका साथै नेपाल संवतको नयाँ वर्ष ११४३ पनि मनाइएको थियो। 

बेलायतस्थित नेवारी समुदायका सदस्यहरु सहभागी कार्यक्रम गैर नेवा समुदायबाट पनि उल्लेख्य नेपाली उपस्थित थियो। 

पासा पुचः साउथ इष्ट अध्यक्ष माधवलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको शुरुमा मौलिक नेवा परम्पराअनुसार म्ह : पूजा गरिएको थियो। उक्त अवसरमा गैर नेवा समुदायबाट आएका अतिथिहरुले पनि उत्सुकतापूर्वक म्हःपूजामा भाग लिएका थिए।

प्रमुख अतिथि नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनालले शुभकामना मन्तव्य दिंदै बेलायतमा पनि नेपाली मौलिक परम्पराहरुको निरन्तरता हुनु सुखद रहेको बताउनु भयको थियो। पासा पुचः गुठीले बेलायतमा नेपाली कला,संस्कृति जगेर्ना र पुस्तान्तरणमा पु-याइरहेको योगदानको उहाले खुुलेे प्रशंसा गर्नु भयो। 

पासा पुचः गुथी साउथ इष्टका संस्थापक अध्यक्ष कुमार श्रेष्ठले झन्डै दश वर्षअघिदेखि बेलायतमा वर्षेनी म्हःपूजा हुँदै आएको जानकारी दिंदै अन्य मौलिक चाडपर्व र जात्राहरुलाई पनि निरन्तरता दिइंने जानकारी दिनु भयो। संस्थाका अध्यक्ष माधवलाल श्रेष्ठले नेवा परम्परा र संस्कृतिलाई बेलायतमा हुर्किंदै गरेको नेवा समुदायको दोस्रो पुस्तालाई मात्र नभइ अरु समुदायका नेपालीहरु माझ पनि चिनाउने प्रयास गर्दै आएको पनि बताउनु भएको थियो।

सो अवसरमा मौलिक लाखेनाच,धिमेबाजा, कुमारी लगायतका सांस्कृतिक प्रस्तुतिहरु देखाइएको थियो। पासा पुचः साउथ इष्टको पहलमा बेलायत मै मौलिक धिमेबाजा प्रशिक्षण लिएका बालबालिकालाई प्रमाणपत्र वितरण गरिएको थियो। उनीहरुका साथै संस्थाका महिला सदस्यहरुका तर्फबाट पनि विशेष धिमेबाजाको प्रस्तुति गरिएको थियो। साथमा विभिन्न स्थानीय कलाकाले मौलिक गीत,नृत्य पनि प्रस्तुत गरिएको थिएयो।  

कार्यक्रमको औपचारिक सत्र संस्थाका पूर्व अध्यक्ष मनिषकुमार श्रेष्ठले सञ्चालन गरेका थिए भने सांस्कृतिक कार्यक्रम सञ्चालक सत्यप्रसाद प्रजापतिले गरेका थिए। कार्यसमिति सदस्य ईश्वर महर्जनले स्वागत मन्तव्य राखेका थिए।  

कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरु चुत्रबहादुर श्रेष्ठ, देवेन्द्र श्रेष्ठ,सुशिल प्रजापति,एनआरएनए यूके उपाध्यक्ष दीपक श्रेष्ठ,आरजीएनएस अध्यक्ष काउन्सिलर जीत रानाभाट,एनसिआई यूके अध्यक्ष मोहन गुरुङ,साउथ इष्ट रिजनल तमुधिं लन्डन अध्यक्ष ह्यारी गुरुङ,बेक्सली नेपाली समाज अध्यक्ष आनन्द धरेल,चार्ल्टन नेपाली समाज कार्यवाहक अध्यक्ष प्रकाश कंडेल,बुद्धिष्ट डायमन्ड सेन्टर अध्यक्ष योगेश गुरुङ सहित फडिन्द्र भट्टराई,पुण्य रेग्मी,लछुमन गुरुङ,रजनजंग शाहीसहित विभिन्न स्थानीय संघसंस्थाका प्रतिनिधि र अभियन्ताहरुको भब्य सहभागिता थियो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?