Monday November 28, 2022

बेलायतमा तेस्रो मिसेस नेपाल युनिभर्सको ब्यापक तयारी 

१९ कार्तिक, २०७९ शीतलपाटीन्युज डटकम। 1223


बेलायतमा तेस्रो मिसेस नेपाल युनिभर्सको ब्यापक तयारी 

शीतलपाटीन्युज डटकम।

लण्डन । बेलायतमा तेश्रो मिसेस नेपाल युनिभर्स प्रतियोगिताको तयारी सुरु भएको छ। लण्डन फेसन हाउसको आयोजनामा प्रत्येक वर्ष आयोजना गर्दै आएको विवाहित महिलाहरु बीचको सौन्दर्य प्रतियोगिताको आउँदो ४ डिसेम्बरमा अल्डरसटस्थित एम्पायर हलमा हुँदैछ।

कोभिड महामारीका कारण रोकिएको प्रतियोगिता यसपटक गर्ने भयको कुुरा आयोजक लन्डन फेसन हाउसकी निर्देशक मनिषा डंगोल श्रेष्ठले जानकारी दिनु भयको छ। मिसेस नेपाल युनिभर्स वीनरले बुल्गेरियामा हुने ४५ औं मिसेस युनिभर्समा सहभागिता जनाउन सक्ने डंगोलले बताउनु भयको छ। उहाका अनुसार यही आइतबारदेखि प्रतियोगीहरुको प्रशिक्षण सहित अन्य प्रक्रिया अगाडि बढ्नेछ। प्रतियोगितामा जुनै देशका नेपाली महिलाले भाग लिन सक्ने आयोजकले जनाउनु भएको छ।

विवाहित महिलाहरुको वाह्य तथा आन्तरिक सौन्दर्य, क्षमता र आत्मविश्वास अभिवृद्धिका लागि प्रतियोगिता अझ व्यापक र विस्तारित रुपमा गर्न लागिएको जनाउँदै मनिषाले महिला सशक्तिकरणमा जोड दिने बताइन् । 

व्यवसायिक,निष्पक्ष र आकर्षक ढंगमा प्रतियोगिता गर्न लन्डन फेसन हाउस जुटिरहेको छ। प्रतियोगितामा भाग लिन इच्छुक विवाहित महिलालाई सम्पर्क गर्न आयोजकले आग्रह गरेका छन्। विभिन्न टाइटिल रहने उक्त प्रतियोगिता निष्पक्ष बनाउन निर्णायकमा विभिन्न क्षेत्रका विज्ञहरु राखिने भएको छ।

(गोर्खामिडियाबाट)



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?