Monday November 28, 2022

“मगर गट ट्यालेन्ट” को ताज सुश्री स्वइच्छा तिलिजा पुनमगरलाई

२० कार्तिक, २०७९ शीतलपाटीन्युज डटकम। 1213


“मगर गट ट्यालेन्ट” को ताज सुश्री स्वइच्छा तिलिजा पुनमगरलाई

शीतलपाटीन्युज डटकम।

बेलायत। मगर संघ युकेको,युथ विभागले हरेक बर्ष संचालन गर्दै आएको “पाचौं संस्करण तथा मगर गट ट्यालेन्ट” प्रतियोगिता बेलायतको अल्डर्सटस्थित दि प्यालेस रेस्टुरेण्टमा सम्पन्न भएको छ। सो "मगर गट ट्यालेन्ट" प्रतियोगितामा उत्कृष्ट नृत्य प्रदर्शन गरेर सुश्री स्वइच्छा तिलिजा पुनमगरले बिजय हासिल गरेकि छन। त्यसैगरी प्रथम उपविजेता सुश्री लिकोन गुरुङ र द्वितीय उपबिजेता साक्षी मगर बनेकी छिन। प्रथम उपविजेता र दोस्रो उपविजेताले नगद पुरुष्कार सहित ट्रफी र प्रमाणपत्रले सम्मानित भएका छन।

उक्त प्रतियोगितामा दशजना प्रतियोगीहरुले प्रतिनिधित्व गर्दै भाग लिएका थिए। प्रतियोगितामा भाग लिनेहरु तथा आ-आफ्नो प्रस्तुति दिनेहरु सुश्री रोनिश आले रेडिङ्ग,सुश्री अजिता आले टनब्रिज, सुश्री रुविना थापा प्लम्स्टिड,सुश्री लिकोन गुरुङ वकिङ्ग,क्याप्टेन बिर बहादुर थापा फार्नबोरो,श्री बिबेक थापा लिम्बु अल्डर्सट,सुश्री अईशा थापा वेम्बली,सुश्री अन्जली पुन प्लम्स्टेड,सुश्री स्वइच्छा तिलिजा पुनमगर फार्नबोरोले भाग लिएका थिए।

मगर गट ट्यालेन्ट प्रतियोगिताको निर्णायक मण्डलमा चर्चित लोक दोहोरि गायिका जुना श्रीस,सुप्रसिद्ध कलाकारहरु श्रीमती कबिता घर्तिमगर गुरुङ र श्री शेखर घर्तिमगर रहेका थिए। कार्यक्रममा तेस्रो मगर गट ट्यालेन्टका बिजेता तथा नायिका सलिना थापाको बिशेष नृत्य प्रस्तुति भयको थियो।

मगर संघ युके युथ विभागका अध्यक्ष अनिल थापाको अध्यक्षतामा संचालित सो कार्यक्रमको प्रमुख अतिथि मगर संघ युकेको अध्यक्ष सीता पुनको अध्यक्षतामा थियो भने कार्यक्रम दिपक थापा माइथाने र यमुना आलेले संचालन गरेका थिए। उक्त कार्यक्रममा एनआरएनए युकेका अध्यक्ष प्रेम गाहमगर,नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्मा पहाडी शेर्पा,नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युकेका अध्यक्ष गोमा राना,मगर संघ युकेका संस्थापक अध्यक्ष थर्क राना,निबर्तमान अध्यक्ष सुनिल राना, पुर्ब अध्यक्ष दुत पुन,मगर संघ युकेका ट्रष्टीहरु राजेन राना र क्याप्टेन टम धेगामगर,मगर महिला संघ युकेका निबर्तमान अध्यक्ष बिष्णु श्रीस,मगर संघ युकेका उपाध्यक्षहरु होम रोका र रुद्र थापा,मगर संघ युके शाखा समितिका अध्यक्षहरु ऋषिराम राना,दल थापा,सोब रेघामीमगर,मगर संघ युके युथ विभागका निबर्तमान अध्यक्ष किशोर राना लगयत नेपाली दाजुभाइ तथा दिदीबहिनिहरुको बाकलो उपस्थिति रहेको थियो।

फोटो- एभरेस्ट टाइम्सबाट।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?