२२ कार्तिक, २०७९
शीतलपाटीन्युज डटकम।
पोखरा। बगर भाई खलक एट–ए साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगितालाई हिमालयन ब्रुअरीले मुख्य प्रायोजन गर्ने भएको छ।
तस्विरः सुदर्शन रञ्जित।
चौधरी ग्रुपको मुख्य उत्पादन मध्येको एक हिमालयन ब्रुअरीले आगामी पाँच वर्षका लागि मुख्य प्रायोजन गर्ने भएको हो। मुख्य प्रायोजनका लागि सोमबार एक कार्यक्रमका विच संस्थाका अध्यक्ष दिल बहादुर गुरुङ र हिमालयन ब्रुअरी तथा सिजी होल्डिङ्सका प्रवन्ध निर्देशक करण चौधरीले हस्ताक्षर गरेका छन् ।
चौधरी ग्रुप र बगर भाई खलकका विच सम्पन्न गरिएको मुख्य प्रायोजनका लागि सर्पोट नेपाल युकेका संस्थापक सदस्य तथा सहारा युकेका संस्थापक अध्यक्ष नविन गुरुङले भूमिका खेल्नु भयको थियो। हिमलायन ब्रुअरीले उक्त प्रतियोगिताका लागि हरेक वर्ष ५ लाख प्रायोजन गर्ने भएको हो।
सो अवसरमा बोल्दै अरुण चौधरी फाउन्डेशन तथा सिजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरीले खेलकुदमार्फत समाज अभियानका लागि अघि बढेको संस्था संग मुख्य प्रायोजन गर्न पाउनु शुखद रहेको बताए। सर्पोट नेपाल युकेका संरक्षक समेत रहेका उनले भने–“सामाजिक उत्तरदायित्वका लागि हिमालयन व्रुअरीले यो सम्झौता गरेको छ। खेलकुद मार्फत व्यवसायको वृद्धि मात्रै नभई समाजलाई अघि बढाउने यसको उद्धेश्य समेत् हो। यसका लागि दुवै संस्थाले आफ्ना योजनाहरु अघि बढाउन सहकार्य आवश्यक छ।”
कार्यक्रम बोल्दै हिमालयन ब्रुअरी तथा सिजी होल्डिङ्सका प्रवन्ध निर्देशक करण चौधरीले बगर भाई खलक संग मुख्य प्रायोजन गर्न पाउनु आफ्नो उद्योगकालागि महत्वपूर्ण रहेको बताए। उनले भने–“यो सम्झौता हिमालयन ब्रुअरीले आफ्ना उत्पादन बजारमा समेत पुर्याउने उद्धेश्य मात्रै नभई खेलाडीहरुको भविष्यलाई् सुनिष्चित गर्ने उद्धेश्य समेत् हो ।” आगामी दिनमा बगर भाई खलकले आयोजना गर्ने हरेक कार्यक्रममा जोडिने संगसंगै पोखरामा आफ्ना उत्पादनको बजारीकरण गर्न सहयोग पुग्नेमा आफू विश्वस्त रहेको उनले उल्लेख गरे।
सो अवसरमा आफ्ना भनाई राख्दै सहारा युकेका संस्थापक अध्यक्ष तथा सर्पोट नेपाल युकेका संस्थापक सदस्य नविन गुरुङले दुवै संस्था विचको यो सम्वन्ध लामो समय सम्म अघि बढ्नेमा आफू विश्वस्त रहेको बताए। उनले बगर भाई खलकले खेलकुद र समाज विकासका लागि खेलेको महत्वपूर्ण योगदानकै कारण हिमालयन ब्रुअरी जोडिने अवसर प्राप्त भएको बताए।
बगर भाई खलकका अध्यक्ष दिल बहादुर गुरुङको अध्यक्षतामा भएको सम्झौता कार्यक्रममा अध्यक्ष गुरुङले हिमालयन ब्रुअरी र नेपालकै मुख्य उद्योगी घरना सिजी संग जोडिन पाउनु संस्थाका लागि गौरवको विषय रहेको बताए। उनले यसको मुख्य श्रेय समजासेवी नविन गुरुङलाई जाने भन्दै आभार समेत व्यक्त गरे।
संस्थाका सल्लाहकार तथा प्रदेश खेलकुद परिषदका संस्थापक सदस्य सचिव तेज बहादुर गुरुङले दुई संस्था विचको सम्झौताले आगामी दिनमा खेलकुद विकासका लागि कोशेढुङ्गा सावित हुने बताए । समाज बदल्न खेलकुको भूमिका महत्वपूर्ण हुने भएको बताउँदै उनले एक प्रसङ्गमा हालै गण्डकीमा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशले प्रदेशस्तरमा ३२ स्वर्ण पदक सहित पहिलो हुनु गौरवको विषय रहेको बताए। उनले नवौं राष्ट्रिय खेलकुदमा व्यवस्थापनले गर्दा कार्यक्रममा गण्डकी प्रदेशबाशीले अपनत्व ग्रहण गर्न नपाउनु दुःखद रहेको उल्लेख गरे।
बगर भाईखलकले भेट्रान्स एट ए साइड फुटबल सहित ग्रास रुट फुटबल प्रशिक्षण कार्यक्रम सत्तचालन गर्दै आइरहेको छ। यसका साथै रक्तदान कार्यक्रम, ५ किमि छात्र–छात्रा दौड लगायत अन्य सामाजिक अभियानमा समेत अग्रसर रहेको संस्थाका सचिव मानकाजी गुरुङले बताए। संस्थामा हाल १५० जना अजिवन सदस्य रहेको र युके,जापान लगायतका मुलुकमा शाखाहरु समेत रहेको छ।कार्यक्रममा एक दर्जन भन्दा बढिले आजिवन सदस्यता समेत लिएका थिए।
(पोखरास्पोर्टसबाट)