Monday November 28, 2022

डाडास्वारामा शिक्षा,स्वास्थ्य र खेलकुदको विकास हुदै, सपोर्ट नेपाल युकेको सहयोग : नविन गुरुङ 

२२ कार्तिक, २०७९ शीतलपाटीन्युज डटकम। 1423


डाडास्वारामा शिक्षा,स्वास्थ्य र खेलकुदको विकास हुदै, सपोर्ट  नेपाल युकेको सहयोग : नविन गुरुङ 

शीतलपाटीन्युज डटकम। 

पोखरा। गाउँको शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा महत्वपूर्ण योगदान गर्ने सपोर्ट नेपाल–युकेका संस्थापकहरुले बताएका छन्। सपोर्ट नेपाल युकेका संस्थापक एवं सहारा युकेका संस्थापक अध्यक्ष नविन गुरुङको योजना तथा लगानीमा स्याङजा पुतलीबजार नगरपालिका वडा नं. ८ डाडाँस्वारामा सपोर्ट नेपाल युके कल्याण केन्द्रको नवनिर्मित भवन उद्घाटनका क्रममा संस्थापकहरुले यस्तो बताएका हुन्।

८० लाख लागतमा बनेको कल्याण केन्द्रको भवन अरुण चौधरी फाउडेसनका संस्थापक अरुण चौधरी र सपोर्ट नेपाल युकेकी संस्थापक अध्यक्ष पोली स्कटले संयुक्तरुपमा उद्घाटन गरेका छन् । गाउँ फर्क अभियानलाई अगाडी बढाउन तथा गाउँको शिक्षा, स्वास्थ्य,खेलकुद विकासका लागि सेवा गर्न आउने पाहुनालाई वासको व्यवस्था गर्न कल्याण केन्द्र भवनको निर्माण गरिएको योजनाकार नविन गुरुङले बताए । गाउँ विकासको लागि उक्त भवनले ठुलो योगदान दिने उनको भनाई छ। होटलको व्यवस्था नभएका कारण गाउँमा सेवा गर्न आउने डाक्टर, इन्जिनियर,स्वयंसेवक लगाएतलाई गुणस्तरिय वासको आवश्यक रहेकाले भवन निर्माण गरिएको गुरुङले बता उनु भयको छ। साथै समग्र गाउँको विकासलाई अगाडी बढाउन आफु प्रतिवद्ध रहेको उहाले बताए  ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि अरुण चौधरी फाउडेसनका संस्थापक अरुण चौधरीले शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा अगाडी बढेका नविन गुरुङको साथ आफुले सधै दिने बताए। ‘गाउँमा भएका कठिनाई र समस्यालाई समाधान गर्छु भन्ने व्यक्तिलाई मैले साथ दिन्छु। असल काम गर्नेलाई मैले साथ किन नदिने? गाउँमा भएका समस्याहरुलाई समाधान गर्नतर्फ हामी लाग्नुपर्छ। डाडाँस्वारा त एउटा नमुना मात्र हो यस्ता धेरै गाउँको विकास आवश्यक छ,चौधरीले भने ।

त्यस्तै सपोर्ट नेपाल युकेकी संस्थापक अध्यक्ष पोली स्कटले शिक्षा र स्वास्थ्यका लागि संस्था निरन्तर लागिरहने बताइन्।"नेपालको गाउँमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्न पाउँदा हाम्रो टिम नै निकै खुशी छ",उनले भनिन्। यस कार्यक्रममा अरुण चौधरीले डाडाँस्वारा विकासको लागि रु १ लाख रुपैयाँ सहयोग समेत गरेका थिए।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?