Sunday November 27, 2022

गायक राजेशपायल राईको सांगीतिक साँझ भब्य हुने

२५ कार्तिक, २०७९ शीतलपाटीन्युज डटकम। 1213


गायक राजेशपायल राईको सांगीतिक साँझ भब्य हुने

शीतलपाटीन्युज डटकम।

लण्डन। नेपालका चर्चित गायक राजेशपायल राई लन्डन आइपुगेका छन्। दर्शकबाट ‘राई इज किङ’ उपाधि पाएका गायक राई यही १२ नोभेम्बरमा हुने  किरात राई यायोक्खा बेलायतले आयोजना गरेको एकल सांगीतिक साँझ कार्यक्रममा सहभागी हुन उनी बुधबार लन्डन हिथ्रो बिमान स्थल उत्रिएका हुन्।

राईलाई स्वागत गर्न विमानस्थलमा किराँत राई यायोक्खा बेलायत अध्यक्ष चन्द्रबहादुर राई, उपाध्यक्षहरू क्या.सुमन चन्द्र राई,मेजर दिल कुमार राई,अनिता राई,महासचिव चन्द्रवती राई एवं उप-महासचिव प्रमिला लाबुङ राई लगायतका पदाधिकारीहरू उपस्थित भएका थिए। सो अवसरमा गायक राईका पिता रत्न राई सहित अन्य थुप्रै  बेलायतवासीहरुको पनि उपस्थिति रहेको थियो।

लाइभ ब्याण्डसहित 'राजेश पायल राई एकल साँझ' भव्य सांगीतिक साँझ कार्यक्रममा राईले आफ्ना लोकप्रिय दर्जनौं गीतहरू प्रस्तुत गर्नेछन्। कार्यक्रममा राईलाई बेलायतका चर्चित वाद्यवादकहरुको साथ दिनेछन्,जसमा लिड गिटारमा सरोज गुरूङ,बेसमा होइसर तामाङ, किबोर्डमा थिर थापा, तबलामा महेश गुरूङ,बाँसुरीमा इन्द्र गुरूङ,ढोलकमा रेशम पचे,ड्रममा प्रवेश गुरूङ र रिदममा विकल थापा रहेका छन्। गायक राईको साथमा स्थानीय कलाकारहरूले पनि प्रस्तुति रहने आयोजकले बताएको छ।

बेलायतबासी नेपाली गीतसंगीत प्रेमी दर्शकलाई उपस्थित भइ कार्यक्रम सफल पार्न आयोजकले आव्हान  गरेको छ। कार्याक्रमस्थल एम्पायर हलमा दर्शकहरु खचाखच अट्न सक्ने क्षमता रहेको छ। कार्यक्रमको तयारी पूरा भएको संस्थाकी उप-महासचिव एवं मिडिया संयोजक प्रमिला लाबुङ राईले जानकारी दिइन्। उक्त कार्यक्रम गत जुलाई २४ मा निर्धारित गरिएको भएपनि कार्यक्रम अनिश्चितकालका लागि स्थगित भयकोमा अहिले हुने तय भएको हो।

(रातोपाटी)



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?